सुन्दरहरैँचामा रमाइलो मिनि मेला हुने

<span class='c1'>सुन्दरहरैँचामा रमाइलो मिनि</span> <span class='c2'>मेला हुने</span>

मणिराम दाहाल
सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा १२ स्थित सुन्दर खाेर्साने युवा क्लबकाे आयाेजनामा तेस्रो रमाइलो मिनि मेला सञ्चालन हुने भएको छ ।

सयपत्री इन्टरटेन्डमेन्टको व्यवस्थापनमा यहि भाद्र २५ गतेदेखि १९ दिनसम्म मेला आयाेजना गर्ने तयारी गरिएको पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।

मेलामा साँस्कृतिक एवम् मनाेरञ्नात्मक कार्यक्रमलाई विशेष प्राथमिकतामा राखेर नगरभित्रका उत्कृष्ट पर्यटन स्थलकाे प्रवद्वन गरि कला, संस्कृति र मनाेरञ्जनका माध्यमबाट आम मानिसलाई एकताकाे शुत्रमा बाँध्ने मुख्य उदेश्य रहेको महाेत्सव आयाेजक क्लबका अध्यक्ष काजीहाङ लिम्बूले बताए । उनले मेलामा ३१ लाख १५ हजार रुपैयाँ खर्च हुने साथै आम्दानी भएको रकमले सामाजिक रूपमा कार्य गर्दै आएकाे क्लबकाे हितमा खर्च गरिने जानकारी दिए ।

रमाइलो मिनि मेलामा स्थानीय कलाकारका साथै राष्ट्रिय कलाकारहरूले समेत आफ्नो प्रस्तुति राख्ने तथा कलाकारकाे व्यवस्थापन र महाेत्सवका लागि विविध कार्य अगाडि बढेको मेलाका स्टेज संयाेजक आनन्द वस्नेतले जानकारी दिए । मेलामा कलाकार मेलिना राई , प्रमाेद खरेल,रचना रिमाल , ज्याेती मगर, प्रिती आले , अशाेक दर्जी तथा विल्सन बिक्रम राई (तक्मे बुढाे) लगायतकाे प्रस्तुति रहने आयाेजकले पत्रकार सम्मेलनमा उल्लेख गरेको छ । मेलामा राेटेपिङ्ग , नाउ करेस , फिरफिरे रेस ,ड्रागन रेस तथा बालबालिकाकाे लागि खेल समाग्री समावेस गरिने आयाेजकले बताएको छ । मेलामा भेज हाेटल तथा नन भेज हाेटल समावेश हुने साथै मेला बेलुकी ५ बजेदेखि रातीको ९ बजेसम्म सञ्चालन हुने आयोजक क्लबका सचिव मिलन तामाङले जानकारी दिए ।

सुन्दर खाेर्साने युवा क्लब नेपाल सरकारकाे ऐन अनुसार दर्ता भएको सामाजिक संस्था भएकाेले याे कला , संस्कृति , खेलकुद एवम् जनचेतनामूलक विविध कार्यहरूकाे संचालनका लागि स्थापना भएकोले क्लबकाे हित र विकासका लागि सकेको साथ सहयाेग गर्न आफु पछि नहट्ने सुन्दरहरैँचा नगरपालिकाका प्रबक्ता राेशनप्रसाद ढकालले जानकारी दिए ।

``युवाहरू जागरूक हुनुपर्ने तथा केही युवा कुलतमा लागेकाे अवस्थामा यस्ता क्लबले साे क्षेत्रमा पनि ध्यान दिन जरूरी छ ´´नगर प्रवक्ता ढकालले भने ``खेलकुद, मनाेरञ्जन, कला र संस्कृतिकाे प्रबर्द्धन गर्ने पक्षमा नगर सधैं लागिरहने छ´´ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्