झापाबाट प्रतिबन्धित लागुऔषधसहित तीन भारतीय नागरिक पक्राउ

<span class='c1'>झापाबाट प्रतिबन्धित लागुऔषधसहित तीन</span> <span class='c2'>भारतीय नागरिक पक्राउ</span>

झापा । झापाको भद्रपुर नगरपालिका-८ विमानस्थल छेउबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित २ जना र काकडभिट्टाबाट १ जना गरी तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौँ, जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्युरो काकरभिट्टाको संयुक्त प्रहरी टोलीले मंगलबार दिउँसो तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा भारतीय नागरिक दार्जिलिङ जिल्ला नक्शालवारीकी २८ बर्षीया कल्याणी बर्मनी, २८ बर्षीया राधा बर्मनी र २४ बर्षीय कल्याण बर्मण रहेका छन् ।

राधा र कल्याणी ९८ ग्राम ९०० मिलिग्राम लागुऔषध ब्राउनसगुर सहित भद्रपुरबाट पक्राउ परेका हुन् भने कल्याण बर्मण ९८ ग्राम ९०० मिलिग्राम लागुऔषध सहित काकडभिट्टाबाट पक्राउ परेका हुन् ।

लागुऔषधसहित पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्