थप ११ कम्पनीले पाए धितोपत्र कारोबार सदस्यता

<span class='c1'>थप ११ कम्पनीले पाए</span> <span class='c2'>धितोपत्र कारोबार सदस्यता</span>

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडले थप ११ व्यवसायीलाई धितोपत्र कारोबार सदस्यता दिएको छ । सीमित कार्य गर्ने धितोपत्र दलालका रूपमा यी कम्पनीलाई स्टक एक्सचेन्जले अनुमति दिएको हो ।

नयाँ सदस्यता पाउने कम्पनीमा गरिमा सेक्युरिटिज लिमिटेड, पाही इन्भेष्टमेन्ट प्रालि, इन्दिरा सेक्युरिटिज प्रालि, आकाशभैरव सेक्युरिटिज लिमिटेड, एनएमबी सेक्युरिटिज लिमिटेड र सानिमा सेक्युरिटिज लिमिटेड रहेका छन् । त्यस्तै मिल्की वे शेयर ब्रोकर कम्पनी लिमिटेड, क्यापिटल हब प्रालि, स्टक्स्कार्टस सेक्युरिटिज लिमिटेड, एसपीएसए सेक्युरिटिज लिमिटेड र ब्लु चिप सेक्युरिटिज लिमिटेडले अनुमति पाएका छन् ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले गत असार २१ गते सात, गत साउन १२ गते सात, र साउन १९ गते तीन वटा कम्पनीलाई यस्तो सदस्यता दिएको थियो । यसरी हालसम्म धितोपत्र दलालका रूपमा ६७ वटा कम्पनीले काम गरिरहेकामा अब थप ११ वटा व्यवसायी थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्