कोशी प्रदेशका मुख्यमन्त्री र मन्त्रीले शपथ लिए

<span class='c1'>कोशी प्रदेशका मुख्यमन्त्री र</span> <span class='c2'>मन्त्रीले शपथ लिए</span>

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।

कार्कीले शुक्रबार प्रदेश प्रमुख पर्शुराम खापुङबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

कार्की दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका हुन्। गत पुस २४ मा दोश्रो प्रदेशसभाको पहिलो सरकारको नेतृत्व गर्नका लागि मुख्यमन्त्रीमा नियुक्त कार्कीले विश्वासको मत पाउन सफल भएनन् ।

प्रदेशसभाबाट विश्वासको मत पाउन असफल कार्की असार १५ मा पदमुक्त बनेका थिए।
अहिले सर्वोच्चले उद्धव थापा नेतृत्व सरकारले लिएको विश्वासको मत असंवैधानिक ठहर गरेपछि कार्की दोश्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

शुक्रबार प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

मुख्यमन्त्री कार्कीले तीन जना मन्त्री र एकजना राज्यमन्त्री नियुक्त गरेका छन्। तिलकुमार मेन्याङ्वो ऊर्जा, पाँचकर्ण राई वन तथा वातावरण र एकराज कार्की भौतिक पूर्वाधार मन्त्री नियुक्त भएका छन्। यसैगरी सृजना राई सामाजिक विकास राज्यमन्त्री नियुक्त भएकी छन्। उनीहरूले पनि शपथ लिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्