बिराटनगर साउन १२ , बिराटनगर उपमहानगरपालिका अन्तरगत पुष्पलाल चोकदेखि भट्टा चौकसम्मको कालोपत्रे सडक बनाइएको दुई महिना मै भत्किएको छ । एसियाली विकास बैंकको २ अर्ब ४२ करोड अनुदानमा वातावरणीय सुधार परियोजना अन्तर्गत कलिका कन्स्ट्रक्सनले उक्त सडक निर्माण गरेको हो । गत महिना मात्रै उक्त सडकमा निकै तामझामका साथ वृक्षारोपण गरिएको थियो तर केही दिनदेखिको वर्षा संगै उक्त सडक ठाउँ-ठाउँमा फुटेर काम नलाग्ने अवस्थामा पुगेको छ । सडक दुई महिना मै भत्किएपछि स्थानीयबासिन्दा निकै आक्रोशीत भएका छन । यता शहरी विकास महाशाखाका प्रमुख भरत न्यौपाने भने काम कमसल नभएको दाबी गरेका छन ।