नयाँ प्रधानमन्त्री चयन प्रक्रिया साउन १७ गतेबाट सुरु गर्ने

<span class='c1'>नयाँ प्रधानमन्त्री चयन प्रक्रिया साउन</span> <span class='c2'>१७ गतेबाट सुरु गर्ने</span>

काठमाडौं-व्यवस्थापिका संसद्ले नयाँ प्रधानमन्त्री चयन प्रक्रिया साउन १७ गतेबाट सुरु गर्ने भएको छ। सभामुख ओनसरी घर्तीमगरले मंगलबार  व्यवस्थापिका संसद् बैठकमा उक्त मिति तोकेकी हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि सरकार कामचलाउ हैसियतमा पुगेसँगै संसद्ले नयाँ कार्यकारी प्रमुख छान्न पहल थालेको हो।

संविधानले बहुमतीय र सहमतीय गरी प्रधानमन्त्री चयनका दुई प्रक्रिया परिकल्पना गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय प्रक्रियाबाट प्रधानमन्त्री छान्न दलहरूलाई आह्वान गरिसकेकी छन् । राष्ट्रपतिले दिएको समयसीमा आगामी १७ गते सकिँदै छ । उक्त मितिभित्र सहमतीय सरकारको सम्भावना क्षीण भएकाले आगामी संसद् बैठकमा सीधै बहुमतीय प्रक्रिया बढ्ने सम्भावना छ ।

राष्ट्रपतिबाट दिइएको समयमा सरकार गठन हुन नसके बहुमत पार्टीको सहभागितामा अधिकतम सदस्य कायम रहने दलको उम्मेदवारलाई प्रधानमन्त्री चयन गर्ने प्रक्रिया अघि बढाउन सभामुखलाई बाटो खुला छ।

सभामुखले नयाँ प्रधानमन्त्री चयनको कार्यतालिका बनाएर त्यसलाई किनारा लगाउने गरी तयारी गरिरहेको संसद् सचिवालयले जनाएको छ । अहिले नेपाली कांग्रेस र माओवादीलगायत दलको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री चयन हुने निश्चित छ । दाहाललाई कांग्रेसलगायत दलका ३ सयभन्दा धेरै सांसदको साथ छ । फोरम लोकतान्त्रिक, मधेसी मोर्चालगायत दलले पनि दाहाललाई समर्थन गर्ने संकेत गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्