बिराटनगर साउन १३ , मोरङ जिल्ला घर भएका र गत वर्ष बिदेशमा वैदेशिक रोजगारीका क्रममा मृतु भएका अझै ४ परिवारले क्षतिपूर्ति पाउन सकेका छैनन् । कुल ४० परिवार मध्ये ३६ परिवारले भने क्षतिपूर्ति पाएका छन । वैदेशिक रोजगारीका क्षेत्रमा अनुसन्धान र वकालत गरिरहेको संस्था पिपुल फोरमले अझै ४ परिवरले क्षतिपूर्ति नपाएको बताएको छ। अघिल्लो आव ०७१/७२ मा मोरङका १४ जनाको वैदेशिक रोजगारीका क्रममा मृत्यु भएको थियो तर ७ परिवारले मात्रै क्षतिपूर्ति पाएका थिए।