विराटनगर साउन १३ , सप्तकोसी नदिमा पानीको बहाव घट्न थालेको छ । बुधबार बेलुकी पानीको बहाव घटेर २ लाख ३८ हजार ५ सय १० क्युसेकमा झरेको छ । मंगलबार भने यस वर्षकै उच्च २ लाख ८५ हजार क्युसेक पुगेको छ । मंगलबार ३६ वटा ढोका खोलिएको थियो । पानीको बहाव घटेपनि खतराको संकेत रातो बत्ती भने यथावत रहेको छ ।