विराटनगरको डेंगु जाँच गर्ने अस्पतालमा नै डेंगुको अड्डा

<span class='c1'>विराटनगरको डेंगु जाँच गर्ने</span> <span class='c2'>अस्पतालमा नै डेंगुको अड्डा</span>

प्रेम देवान
विराटनगर । विराटनगर १० स्थित मलायरोडमा रहेको ‘संक्रमण रोग तथा सघन उपचार केन्द्र’ मा अहिले डेंगुका विरामीहरुको चेकजाँच तथा उपचार गर्ने गरिन्छ । पहिलेको कोशी कोभिड र अहिलेको संक्रमण रोग तथा सघन उपचार केन्द्रमा केही समय अगाडीदेखी डेंगुका विरामीहरुको चेकजाँचको लागि व्यवस्था मिलाइएको हो ।

केही समय अगाडीदेखि तत्कालका लागि डेंगुका विरामीको उपचारार्थ अस्पताल सञ्चालनमा ल्याईएको थियो । विराटनगरमा डेंगुको महामारी हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै प्रदेश सरकारले उक्त स्थानलाई डेंगु उपचार सघन कक्षको रुपमा संचालनमा ल्याएपछि अस्पतालमा दैनिक १० देखि २० जनासम्म डेंगुका लक्षण देखिएका विरामी जाँच गराउन आउने गरेका छन् ।

त्यस मध्ये पनि १ देखी २ जना सम्म डेंगु पोेजेटिभ देखिने गरेको ‘संक्रमण रोग तथा सघन उपचार केन्द्र’ले जनाएको छ ।
तर दु:खको कुरा के हो भने, त्यही अस्पताल परिसरमा भने डेंगु फैलावट गर्ने अड्डा बनेको छ भन्दा फरक पर्दैन । सामान्यतय डेंगुको फैलावट हुने वातावरण जमेको पानीलाई समेत बुझिन्छ । संक्रमण रोग तथा सघन उपचार केन्द्र परिसरमा ठुल—ठुला पानी जमेका खाडलहरु छन् । अस्पताल जस्तो संवेदनशिल ठाँउमा नै पानी जमेका खाडलहरु भएपछि लाम्खुट्टेले लार्भा उत्दापन गर्ने अवसर पाउँछ । लामो समयदेखी उक्त स्थानमा पानी जमेको २ वटा खाडल छन् ।
उक्त जमेको पानीको खाडललाई पुर्नुपर्छ भनेर कसैले ध्यान दिन सकिरहेका छैनन् । उक्त अस्पताल प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मातहतको अस्पताल संचालनमा केही सिमित चिकित्सक र कर्मचारी मात्रै राखेर विरामीको रेखदेख हुँदै आएको छ ।
यता सरसफाईमा भने ध्यान दिन नसकेका कारण अहिले अस्पतालको हरिविजोक छ ।

यता संक्रमण रोग तथा सघन उपचार केन्द्रको (कोशी कोभिड) प्रशासन व्यवस्थापकको जिम्मामा रहनु भएका अनुपम राजबंशीले अस्पताल परिसरमा रहेको खाडलको बारे आफुहरुले कोरोना महामारीको समयमा नै जानकारी गराएको बताए । तत्काल कोरोना महामारीको समयमा अस्पतालभित्र रहेको दुईवटा ठुला खाडलको बारे प्रदेश अन्तर्गतको स्वास्थ्य मन्त्रालयलाई मौखिक रुपमा नै जानकारी गराएको तर अहिलेसम्म यसलाई पुर्ने भनेर कुनै चासो नदिएको राजवंशीले गुनासो गरे। अस्पताल परिसर घना जङ्गलले घेरीएको छ । केही सरसफाईका कर्मचारीले सफा त गर्छन तर ठुलो ठाँउ भएकाले गर्दा यसलाई एकै पटक सरसफाई गर्न पनि समस्या छ, उनले भने सबैभन्दा पहिला त यो खाल्डोलाई पुर्दा राम्रो हुन्थ्यो ।’

प्रदेशका मन्त्री नै डेंगुबाट संक्रमण
कोशी प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री एकराज कार्की डेंगुबाट संक्रमित भएका छन् । मन्त्री कार्कीलाई मुटुको समस्यासँगै डेंगु सङ्क्रमण देखा परेको पारिवारिक स्रोतले जानकारी दिएको छ । कार्कीको हाल काठमाडौंस्थित वीर अस्पतालमा उपचार भईरहेको छ । केही समय अघि झापाको विर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार गराईरहेको बेला उनी मन्त्री बनेका थिए ।
विराटनगर महानगरपालिकामा हालसम्म १०३ जना डेंगुबाट संक्रमित भएको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलिले जानकारी दिए। अहिलेसम्म सबैभन्दा बढी वडा नम्बर ३ र ४ मा बढी संक्रमित रहेको महानगरले जनाएको छ ।

सचेतना अभियान सेलाए कै हो त महानगरमा ?
केही समय अघि डेंगुको संक्रमण बढ्न नदिनको लागि विराटनगर महानगरपालिकाले विभिन्न सचेतना अभियान चलाएको थियो । महानगरको स्वास्थ्य महाशाखाले महानगरभित्र रहेका विभिन्न सरोकारवाला निकायसँग समन्वय र छलफल गरी डेंगुका संक्रमण नियन्त्रण तथा रोकथामको लागि प्राय: हरेक दिन नै काम गर्दै आएको आईरहेको थियो । तर अहिले आएर भने त्यो अभियान भने सेलाएको जस्तो देखिन्छ । विराटनगरमा अहिले डेंगुका विरामी घट्नुको साटो झन् बढ्दै गहिरेको बेला यसलाई महानगरले निरन्तरता दिनु आवश्यक देखिन्छ ।
यता महानगर स्वास्थ्य महाशाखा प्रमुख अलिका अनुसार डेंगु रोकथाम तथा नियन्त्रणका लागी भने दैनिकी जसो काम गर्दै आएको दावी गरे ।
उनले भने, महानगरमा डेंगुका संक्रमण पहिलेका भन्दा बढी नै छन् यसको लागि महानगरले विभिन्न वडाहरुमा गएर सचेतना कार्यक्रमदेखी पानी जम्ने ठाँउहरुमा पनि पुगेर त्यसलाई हटाउँदै आएका छौँ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्