सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानकासाथ आज अन्त्येष्टि हुँदै

<span class='c1'>सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानकासाथ</span> <span class='c2'>आज अन्त्येष्टि हुँदै</span>

संविधानसभाका अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानकासाथ आज अन्त्येष्टि हुँदैछ।

पशुपति आर्यघाटमा अन्त्येष्टि हुनुअघि शवयात्रा हुनेछ । नेम्वाङको निजी निवास बालुवाटार–शिक्षण अस्पतालदेखि महाराजगञ्ज–नारायणगोपाल चोक–धुम्बाराही–चाबहिल–गौशाला हुँदै पशुपति आर्यघाटसम्म शव यात्रा हुने एमालेले जनाएको छ ।

नेम्वाङको हृदयघातका कारण गएको सोमवार राति निधन भएको थियो । दुई दिनसम्म पार्टी कार्यालय, च्यासलमा राखिएको उहाँको पार्थिव शरीरलाई हिजो बालुवाटारमा रहेको निवासमा लगिएको थियो ।

नेम्वाङको निधनप्रति शोक व्यक्त गर्दै सरकारले आज देशभर शोक बिदा दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्