वैदेशिक रोजगार प्रत्येक घरको समस्या सबै सजक हुनु पर्ने

<span class='c1'>वैदेशिक रोजगार प्रत्येक घरको समस्या</span> <span class='c2'>सबै सजक हुनु पर्ने</span>

 

प्रेम देवान

विराटनगर १२ साउन ।

वैदेशीक रोजगार प्रत्येक घर­ घरको समस्या भएका कारण यसलाई सुरक्षित, मर्यादित र व्यावस्थित बनाउनु पर्ने आज विराटनगरमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

पछिल्लो समय वैदेशिक रोजगारमा जानेको संख्या दिन प्रतिदिन बढेको तर तिनीहरुको सुरक्षा स्थिती कमजोर भएको कारण राज्य तथा सम्बधित निकायले यसलाई गम्भिरताका साथ हेरीनु पर्ने बताएका छन् ।

मानव अधिकारका लागी जनमञ्च पिपुल फोरमले आज आयोजना गरेको संञ्चारकर्मीहरुका लागी वैदेशिक रोजगार कानुन सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रमका सहभागीहरुले वैदेशिक रोजगारमा गईसकेपछी सम्बन्धीत मेनपावरले ती व्याक्तीहरुलाई वास्ता नगर्ने गरेको गुनासो गरे ।

कार्यक्रममा पिपुल फोरमका संस्थापक अध्यक्ष सोम लुईटेलले वैदेशिक रोजगार पछिल्लो समय सञ्चारकर्मीहरुका लागी खोजीको विषय हुने गरेको बताउनुभयो । उहांले पछिल्लो समय प्रत्येक घरका एक जना सदस्य वैदशिक रोजगारमा जानु कसैको रहर नभएर बाध्यताले जानुपरेको बताउनुभयो ।

उहांले भन्नुभयो ः वैदेशिक रोजगार समस्यामा परेका व्यात्तीहरुलाई राज्यले आफ्नो दायित्व पुरा नगरेको ठांउमा संञ्चारकर्मी तथा मानवअधिकारकर्मीहरुले उनीहरुलाई उजागर गर्ने काम गर्नु आवश्यक छ ।

हामीले त्यस्ता समस्याको जालोमा परेकाहरुलाई सहजीकरण र उद्धार गराउने उनीहरुको परीवारमा थोरै भए पनि मलमपटी लगाउने उद्धेस्यका साथ पिपुल फोरम आम जनताको माझ ल्याएको उहांले स्पष्ट पारे । हाम्रा समाजमा वैदेशिक रोजगार सम्बन्धी घटेका हरेक विषयका समस्यालाई अगाडी बढाएर त्यसलाई समाधान गर्नेप्रयास पनि गर्ने गरेको बताउनुभयो ।

यवैविच कार्यक्रममा संञ्चारकर्मी गणेश लम्सालले भनेः वैदेशिक रोजगारले कतिपयको घरमा चुलामा आगो बलेको छ, परिवारक अवस्था केहीमा मात्रमा सुखमा रेहेका छ , हिजोको जस्तो एक छाक खानलाई तल्लो घर र माथ्लो घर भन्नु परेको छैन । तर पनि अझै पनि दलित तथा सिमान्तकृत परिवारका सदस्य आर्थिक समस्यका कारण उनीहरु वैदेशिक रोजगार जानबाट बञ्चित हुनुपरेको गुनासो गरे ।

उनका अनुसार यदि वैदेशिक रोजगारमा गई समस्यामा परेका र तिनीहरुको परिवारको घरको ढोकामा पुगी मुल समस्यको जारोमा पुगेर ईन्भेष्टिगेसन गरीनुपर्छ अनि मात्र तथ्य पत्ता लगाई उनीहरुलाई राहत दिलाउन सकिन्छ ।

यसैगरी कार्यक्रममा संञ्चारकर्मी महेन्द्र विष्ट, मिनकुमार नवोदित, शुशिला पाठक, विनोद सुवेदी, स्यामसुन्दर सुतिहार लगायतले अब बन्ने रोजगार प्रणाली एैनमा ठगी मेनपावर कम्पनीलाई कडा भन्दा कडा ऐन सम्सोधन बनाईनु पर्ने बताए । साथै उनीहरुले वैदेशिक रोजगारीमा जानु अघि आफु स्वयम सजक भई विभिन्न वैदेशिक परामर्स लिएर गए समास्य नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्