गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

-सृष्टि सावित्रा
मैले आकार फेरेकी हुँ,घनमा परेर
उसले रङ फेरे,छ आरनमा परेर

फलामकै प्रहार बाट फलाम टुक्रियो
सिसा सकुशल देखिन्छ जतनमा परेर

वजनमात्रै तौलेर बसेको,छ दुनियाँ
पित्तल सुन बन्दैन वजनमा परेर

संरक्षण गर्नुपर्छ फूलहरुको सोच्थेँ
पारिजात कुल्चियो आँगनमा परेर

तिमी जिद्दी गर्छौ म कसरी सम्झाउँ
लास,लास भएको हैन कफनमा परेर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्