बिराटनगर साउन १५ , बिराटनगरमा केही वर्षदेखि सुरु गरिएको विकास निर्माणका बारे सरोकारवाला संग उद्योग संगठन मोरङले छलफल गरेको छ । छलफलमा विराटनगर उपमहानगरपालिकाका निमित्त कार्याकारी अधिकृत राजेन्द्र प्रधान , परियोजनाका प्रमुख उपेन्द्र बराल तथा उद्योग संगठन मोरङका सदस्य रहेका थिए । छलफलमा विकास निर्माणका काम गर्दा नगरबासीलाई समस्या परेको , सडकको खराब अवस्थाका कारण दुर्घटना बढेको हुदा जनताको स्वास्थ र दैनिकीलाई असर नगरीकन विकासनिर्माणका काम अगाडि बढाउन संगठनले अनुरोध गरेको थियो ।