२२ औं विश्व आदिवासी दिवस भव्य रुपमा मनाईने

<span class='c1'>२२ औं विश्व आदिवासी</span> <span class='c2'>दिवस भव्य रुपमा मनाईने</span>

विराटनगर २१ साउन । आदिवासी जनजातीको पहिचान संस्कार र संस्कृति जर्गेना गर्ने उद्धेस्यका साथ २२ औं विश्व आदिवासी दिवस विराटनगरमा भव्य रुपमा मनाईने भएको छ ।नेपाल आदिवासी जनजाती महांसघ जिल्ला समन्वय परिषद् र नगर परिषद् विराटनगरको सयुक्त आयोजनामा साप्ताव्यापी कार्यक्रम गर्न लागेको हो ।
नेपाल आदिवासी जनजाती महांसघ जिल्ला समन्वय परिषद् र नगर परिषद् विराटनगरले शुक्रबार पत्रकार सम्मेलन गरी विराटनगरमा साप्ताव्यापी कार्यक्रम गर्न लागेको जानकारी गराएको हो ।
साउन २२ गते देखी २५ गते सम्म विराटनगरमा विभिन्न कार्यक्रम गरी मनाईने नेपाल आदिवासी जनजाती महांसघ जिल्ला समन्वय परिषद् मोरङ्गका अध्यक्ष मिलन राईले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो । कार्यक्रममा अन्र्तगत साउन २२ गते विराटनगर ७ मा रहेको श्मशान घाटमा सरसफाई गर्ने, २३ गते रत्तदान तथा आदिवासुी जनजातीहरुको हक अधिकार सम्बन्धी अन्र्तक्रियात्यक कार्यक्रम गर्ने भएको अध्यक्ष राईले जानकारी दिनुभयो ।
यसैविच विश्व आदिवासी दिवसको पुर्व सन्ध्यामा साउन २४ गते आदिवासीहरुको मठ मन्दिरमा दिप प्रज्वलन गर्ने र २५ गते संस्कृतिक झांकी याली सहित विरेन्द्र सभागृहमा समापन कार्यक्रम गर्ने नगर परिषद्का सचिव प्रेम देवानले पत्रकार सम्मेनमा जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्