काकाकुल माया

<span class='c1'>काकाकुल</span> <span class='c2'>माया</span>

मञ्जु सिग्देल
आज मेरो जिन्दगी
सपना हो कि बिपना
खै के भयो यो जिन्दगी
रहरहरु सबै रहरनै रह्यो
खै
कुन बाटो रोजु ?
खै कसलाइ सोधु ?
यहाँ आफ्नो भन्ने कोहि लागेन
मात्र यति बेला तिमीलाई सम्झे
भन मेरो मान्छे
मलाई बिरानो छाडेर
मेरा यी तमासाहरु
कहाँ बसेर हेरिरहेछौ
मेरो जिन्दगी
लगभग लास भै सक्यो
दिन दिनै तिमीलाई सम्झेर
खै कति आँसु झार्नु
जिउदो लास भएर
बाचिरहेछु
मायाको कोकाकुल
प्यासमा
अझै बाटो हेररहेको छु
फर्केर तिमी आउला भन्ने
आशमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्