विराटनगरमा सिटी क्लिनीक संचालनमा

<span class='c1'>विराटनगरमा सिटी</span> <span class='c2'>क्लिनीक संचालनमा</span>

विराटनगर । विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटल तथा अटल क्लिनीकको साझा प्रयासमा सिटी क्लिनीक संचालनमा आएको छ ।

विराटनगर-७ जलजला रोडमा शुक्रबारदेखि सिटी क्लिनीक संचालनमा आएको हो । क्लिनीकको उद्घाटन विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले गरेकी हुन् । पाँच तलाको भवनमा रहेको सिटी क्लिनीकको ओपीडी समय बिहान ८ः३० देखि १०ः०० र बेलुकी ०५ः०० बजे पछि हुने अटल क्लिनीक एण्ड प्याथल्याबका प्रबन्ध निर्देशक सुरेश चन्द्र अटलले जानकारी दिए ।

उनका अनुसार क्लिनीकमा न्यूरोका विशेषज्ञ चिकित्सकहरुले सेवा दिनेछन् । पहिलो तलामा विशेषज्ञ चिकित्सकले ओपीडिमा विरामीको स्वास्थ्य जाँच गर्नेछन् । दोस्रो तलामा प्रयोगशाला र रेडियोलोजी रहेको छ । तेस्रो तलामा स्त्री रोग, हाड जोर्नी, पाँचौ तलामा छाला तथा सौन्दर्यको स्वास्थ्य परीक्षण हुनेछ ।

विराटगनरको स्वास्थ्य क्षेत्रमा दशकौंदेखी सेवाग्राहीहरुको माझमा भरोसाको पयार्य बन्न सफल दुई संस्था न्यूरो अस्पताल र अटल फार्मेशीको साझा स्वामित्वमा सिटी क्लिनीक संचालन आएको न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले जानकारी दिए ।

अटल फार्मेशीको स्वामित्वमा रहेको अत्याधुनिक भवनमा न्युरो अस्पतालमा कार्यरत बरिष्ठ विशेषज्ञ चिकित्सकहरुको सेवाको सुविधा सेवाग्राहीहरुले आफ्नो पायक समय र ठाँउमा गर्नुहुनेछ जहाँ बिरामी मैत्री माहौल पाउनु हुने उनले बताए । ‘हाम्रो यो साझा प्रयासले स्वास्थ्य सेवाग्राहीहरुको अपेक्षालाई सम्बोधन गर्नेछ । विभिन्न पेशामा व्यस्त रहुन भएका पेशाकर्मी विराटनगरवासी जसलाई कार्यालय समयमा आफ्नो तथा आफन्तहरुको स्वास्थ्य जाँचको लागि समय निकाल्न चुनौती रहेको छ,’ उनले भने, ‘उहाँहरुको स्वास्थ्य आवश्यकतालाई मध्यनजर गरी सिटी क्लिनीकको अवधारणा अगाडी ल्याएका हौं ।’

स्वास्थ्य क्षेत्रमा विगत २३ वर्ष देखी अविच्छिन्न रुपमा विभिन्न प्रकारको मल्टिसपेशयालिटी हस्पिटल तथा त्यसैगरी औषधी व्यवसायको माध्यमबाट न्युरोले स्वास्थ्य सेवाहरु प्रदान गर्दै आएको छ । विगत ३-४ दशकदेखी विराटगरको स्वास्थ्य क्षेत्रमा आफ्नो विशेष पहिचान बनाउन सफल अटल फार्मेशी बिचमा पवित्र उद्देश्यसहित स्वास्थ्य क्षेत्रमा सहकार्य गरी सिटी क्लिनीकको सुरुवात गरिएको न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलका अध्यक्ष डा. विरेन्द्र कुमार विष्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्