कोशी प्रदेश एमाले अधिवेशन : ३४ स्थानबाट मत हाल्ने व्यवस्था

<span class='c1'>कोशी प्रदेश एमाले अधिवेशन :</span> <span class='c2'>३४ स्थानबाट मत हाल्ने व्यवस्था</span>

विराटनगर । नेकपा एमालेको कोशी प्रदेश अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ३४ स्थानबाट मत हाल्ने व्यवस्था गरिएको छ ।

४ जना पदाधिकारीसहित २१४ सदस्यीय समिति निर्माणका लागि ५ सय ४० जनाको उम्मेदवारी परेको छ ।
प्रदेश अध्यक्षका लागि मोरङ लेटाङका घनश्याम खतिवडा र विराटनगरका विनोद ढकाल चुनावी प्रतिस्पर्धामा छन् । मतदानको समय पटकपटक सारिएको छ । बिहान ११ बजेदेखि सुरु हुने भनिएको मतदान १ बजे सारिएको थियो । पुनः ४ बजेका लागि तय गरिएको मतदान अझै सुरु हुन सकेको छैन ।
उपाध्यक्षमा भने यसअघि नै टिकाराम चेम्जोङ निर्विरोध भइसकेका छन् । सचिवमा भने पाँचथरका राजकुमार भण्डारी र उदयपुरका शैलेश लामाबीच प्रतिष्पर्धा हुन लागेको छ ।
यस्तै दुई जना उपसचिवमा झापाकी जलवर्षा राजवंशी, मोरङका खेमराज नेपाली, खोटाङका देवान राईबीच प्रतिस्पर्धा हुने भएको छ ।

सचिवका प्रत्यासी भण्डारी खतिवडा समूह र लामा ढकाल समूहमा देखिएका छन् । त्यसैगरी उपसचिवतर्फकी राजवंशी र राई खतिवडा समूह र नेपाली भने ढकाल समूहका हुन् । अध्यक्षका उम्मेद्वार दुवैजनाले आफू संस्थापन लाइनको बताएपनि अध्यक्ष ओलीसहित धेरै नेताको समर्थन खतिवडालाई भएपनि ढकाल प्रतिनिधिबीच लोकप्रिय छन् ।

भूगोलतर्फ इलाम, पाँचथर, खोटाङ, ताप्लेजुङ र सोलुखुम्बुमा भने सबै पदमा सर्वसम्मत भएका छन् । झापा, मोरङ, सुनसरी, संखुवासभा, ओखलढुंगा, भोजपुर, उदयपुर, खोटाङ जिल्लाका लागि भने चुनाव हुन लागेको हो ।

चुनाव हुने जिल्लाहरूमा कुल ११६ पदका लागि २४५ जना भिड्दैछन् । त्यसैगरी समावेशीतर्फ एक अपांग कोटामा २, दुई मुस्लिम कोटामा ६, दुई आदिवासी खुल्लामा ५ र दुई जनजाती खुल्ला सदस्यमा ९ जना प्रतिस्पर्धामा छन् । समावेशीतर्फ अल्पसंख्यक र आदिवासी महिलातर्फ भने सर्वसम्मत भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्