तिव्र गति कुदाउने सवारी साधनमा ‘राडार गन’ प्रयोग गर्दै ट्राफिक प्रहरी

<span class='c1'>तिव्र गति कुदाउने सवारी साधनमा ‘राडार</span> <span class='c2'>गन’ प्रयोग गर्दै ट्राफिक प्रहरी</span>

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले 'राडार गन' प्रयोग गरी तिव्र गतिमा कुदाईएका सवारी साधनलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गर्न थालेको छ ।

दुर्घटना न्युनिकरण तथा ट्राफिक सचेतना अभियान अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले बिहीबारदेखी विराटनगरका मुख्य सडक तथा सहयाक सडकमा 'राडार गन' प्रयोग गरी तिव्र गतिमा कुदाइएको सवारी साधानलाई कारबाही गर्न थालेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक सुमन न्यौपानेको नेतृत्वमा प्रहरी नायव निरीक्षक सुन्दर श्याम पोखरेल, नेमुवा ट्राफिक इन्चार्ज तुलामणी आचार्य लगायतको टोलीले विराटनगर ढाटस्थित विराटनगर प्रवेशद्धारामा 'राडार गन' प्रयोग गरी तिव्र गतिका सवारी साधानलाई चेकजाँच गरिएको थियो ।


पछिल्लो समय तिव्र गतिमा सवारी साधान कुदाएका कारण धेरै दुर्घटनाको संख्या बढ्न थालेपछि ट्राफिक प्रहरीले कुदिरहेको सवारी साधनलाई 'राडार गन'को माध्यमबाट गति चेक गर्दै यो अभियान संचालन गरेको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय ईटहरीबाट ल्याइएको रडार गन आफ्नो कार्यकालमा पहिलोपटक विराटनगरबाट सुरुवात गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक सुमन न्यौपानेले बताउनुभयो ।

पुर्व-पश्चिम राजमार्गमा पनि विभिन्न स्थानहरुमा रहेका चेकपोष्टहरुमा 'राडार गन'को प्रयोग गर्दै ट्राफिक सचेतना अभियान संचालन गर्ने साथै आगामी दिनमा पनि यो अभियानलाई निरन्तरता दिने उहाँले जानकारी दिनुभयो ।

सवारी चालकको आफ्नै लापरबाहीले गर्दा धेरै भन्दा धेरै दुर्घटना हुने गरेको पाइएको छ , बरु सवारी दुर्घटना हुनुभन्दा अगाडी नै सवारी चालकहरु सचेत भए ठुलो क्षति हुनबाट बच्ने भएकाले ट्राफिक नियमको उल्लघन नगर्न ट्राफिक प्रमुख न्यौपानेले सम्पुर्ण सवारी चालकहरुलाई सुझाव दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्