माहेश्वरी महिला मञ्चद्वारा विराटनगरको सयपत्रीका ७० विद्यार्थीको दाँत परीक्षण

<span class='c1'>माहेश्वरी महिला मञ्चद्वारा विराटनगरको सयपत्रीका</span> <span class='c2'>७० विद्यार्थीको दाँत परीक्षण</span>

विराटनगर । माहेश्वरी महिला मञ्च विराटनगरले विराटनगरको एक आधारभूत विद्यालयका ७० विद्यार्थीको दाँत तथा मुख परीक्षण गरी विद्यार्थीलाई डेन्टल किट्ससमेत वितरण गरेको छ ।

मञ्चले विराटनगर महानगरपालिका वडा नं. १ परोपकार घाटमा रहेको सयपत्री आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्षित गर्दै परीक्षण शिविरको सञ्चालन गरेको हो ।

कार्यक्रम संयोजिका विन्दु अटलका अनुसार शिविरमा दन्तविशेषज्ञद्वय दीपेन्द्र नौलखा र नूतन नौलखाले विद्यार्थीको मुख र दाँतको परीक्षण गरेका थिए । मञ्चले विद्यालयलाई भित्ते पंखा पनि प्रदान गरेको छ ।

कार्यक्रममा माहेश्वरी समाज विराटनगरका बजरंग बाहेती, विवेक राठी, घनश्याम राठी, सुरेश परतानी, युवा मञ्चका अध्यक्ष अजय राठी, मारवाडी महिला मञ्चकी अध्यक्ष अमिता पेडिवाल लगायतको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्