सभामुखमा जिम जोर्डनलाई ट्रम्पको समर्थन

<span class='c1'>सभामुखमा जिम जोर्डनलाई</span> <span class='c2'>ट्रम्पको समर्थन</span>

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले हाउस अफ रिप्रेजेन्टेटिभको सभामुख पदमा ओहायोका रिपब्लिकन सांसद जिम जोर्डनलाई आधिकारिकरूपमा समर्थन गर्नुभएको छ ।

उहाँले हाउस जुडिसियरी कमिटीका अध्यक्ष तथा लामो समयदेखिका आफ्नो बचाउकर्ता जोर्डनलाई केभिन म्याककार्थीको उत्तराधिकारीका रूपमा समर्थन गर्नुभएको हो ।

“ओहायोको चौथो कंग्रेसनल डिस्ट्रिक्टको प्रतिनिधित्व गर्दै वासिङ्टन डिसीको सफल यात्रा सुरु गर्नुभन्दा धेरै अघिदेखि नै जिम जोर्डन स्टार हुनुहुन्थ्यो”, ट्रम्पले आफ्नो साइट ट्रुथ सोसलमा लेख्नुभएको छ, “उहाँ सदनको एक महान सभामुख हुनुहुनेछ र मेरो उहाँलाई पूर्ण समर्थन छ ।”

टेक्सासका रिपब्लिकन सांसद टोरी नेहल्सले बिहीबार राति जोर्डनको सभामुख पदको उम्मेदवारीलाई ट्रम्पले समर्थन गर्नुभएको बताएको केही घण्टापछि उक्त घोषणा आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्