विराटनगर । रोटरी क्लब अफ विराटनगर फ्युजनले बिराट क्यान्सर अस्पतालसँगको सहकार्यमा क्यान्सरको बारेमा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
हिमालय दर्शन कलेजमा अयोजना भएको कार्यक्रममा हिमालय दर्शन र मेरिल्याण्ड कलेजका गरी १२५ जना विद्यार्थीहरुको सहभागीता रहेको क्लबका सचीव शालिनी मुरारकाले जानकारी दिइन् ।
स्तन,पाठेघर , ब्लड क्यान्सर लगायत अन्य प्रकारका क्यान्सरको बारेमा जनचेतनामुलक जानकारी दिएको क्लबका अध्यक्ष बिकास राठीले जानकारी दिए । राठीका अनुसार कुन प्रकारको क्यान्सरलाई कसरी प्रारम्भिक चरणमा नै पत्ता लगाउने र त्यसको उपचारका बिषयमा बिषेश जानकारी गराएको हो । उनले भने,‘हामीले जिउने जीवनशैली साथै खानपिन लगायत अन्य कुराहरुको ध्यान कसरी राख्ने र क्यान्सर हुने मुख्य कारणहरुको जानकारी पनि डाक्टरले गराउनु भएको थियो ।
नेपालमा क्यान्सर रोगको बारेमा जनचेतनाको कमिले गर्दा धेरै केसहरु आउने गरेको छ । जसमा क्यान्सर रोग अन्तिम चरणमा पुगेको हुन्छ त्यस्तो अवस्थामा चिकित्सकहरुलाई उपचार र निको पार्न कठिन हुने गरेको समेत कार्यक्रममा उल्लेख गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा क्लबका सदस्यहरु लगायत रोटरीका असिस्टेन्ट गर्भनर रामऔतार अग्रवाल, मेरिल्याण्ड कलेजका प्रीन्सिपल लक्ष्मण ढकाल, हिमालय दर्शन कलेजका प्रमुख भरत सापकोटा लगायत शिक्षक र कर्मचारीरुको पनि सहभागीता रहेको थियो ।
रोटरी क्लब विराटनगर फ्युजनले क्यान्सर सचेतना कार्यक्रम अन्य कलेज र विभिन्न समुदायमा पनि गर्ने प्रतिबद्धता गरेको क्लबका अध्यक्ष राठिले दाबी गरे ।
कार्यक्रममा बिराट क्यान्सर अस्पतालकी डा. अस्मिता रायमाझी , एम. डि ओङकोलोजीष्टको उपस्थिति रहेको थियो ।