कोशी प्रदेश : मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुखलाई बुझाए राजीनामा

<span class='c1'>कोशी प्रदेश : मुख्यमन्त्री कार्कीले</span> <span class='c2'>प्रदेश प्रमुखलाई बुझाए राजीनामा</span>

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुखलाई राजीनामा बुझाएका छन् ।

नेकपा एमाले संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री कार्कीले शनिबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिने घोषणा गरेका लगत्तै उनले प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।

राजीनामा पत्रमा कार्कीले प्रदेशको स्थायित्व, दलीय सहकार्य र सद्भावमार्फत सुशासन कायम गर्न तथा जातीय, धार्मिक एवं सास्कृतिक एकता र सहिष्णुता कायम हुन सकोस् भनेर विश्वासको मतको प्रक्रियामा नगई राजीनामा दिएको उल्लेख गरेका छन् । कार्की सर्वोच्च अदालतको परमादेशअनुसार मुख्यमन्त्री नियुक्त भएका थिए ।

विश्वासको मत नपाए संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा दाबी गर्न नपाउने कानुन व्यवसायीहरुको धारणापछि राजीनामा दिने निर्णयमा पुगेको एमालेका एक प्रदेशसभा सदस्यले बताए ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गर्दा उपधारा ३ बमोजिम नियुक्त भएको प्रधानमन्त्रीले उपधारा ४ बमोजिम विश्वासको मत प्राप्त नगरेको वा निजले सो प्रकृया परित्याग गरेको अवस्थामा उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्ति हुने दावी पेश गर्न नमिल्ने फैसला गरेकोले राजीनामा दिँदा ५ को मुख्यमन्त्री दावी गर्न सकिने देखेर कार्कीले राजीनामा दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्