सानिमा बैंक विराटनगरले हरेक वर्ष प्रदान गर्दै आएको विपन्न तथा जेहेन्दार छात्रवृत्ति वितरण गरेको छ । बैंकले हरेक शाखाबाट दुईजना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई कक्षा–११ र १२ का लागि छात्रवृत्ति प्रदान गर्दै आएको छ ।
यस बर्षको छनोटमा प्रबिना चौधरी र सिवानी राउत छनोट भएका छन् । छनोटको लागि बिभिन्न क्षेत्रबाट निर्णायकहरु राखिएको थियो ।
छनोट समितिले निर्णय गरे अनुसार उनीहरुलाई छात्रवृत्ति प्रदान गरिएको थियो ।