हिमालय दर्शन कलेजमा नयाँ भर्ना भएका विद्यार्थीलाई ‘इन्डक्सन शेसन’ कार्यक्रम

<span class='c1'>हिमालय दर्शन कलेजमा नयाँ भर्ना</span> <span class='c2'>भएका विद्यार्थीलाई ‘इन्डक्सन शेसन’ कार्यक्रम</span>

विराटनगर । विराटनगरको हिमालय दर्शन कलेजमा यसैबर्ष नयाँ भर्ना भएका नवआगान्तुक विद्यार्थीहरूलाई ‘इन्डक्सन शेसन’ कार्यक्रम आयोजना गरिएको छ । कलेजले सोमबार विहान एक कार्यक्रमको आयोजना गरी ४ दिन सम्म हुने ‘इन्डक्सन शेसन’को कार्यक्रम सुरु गरेको हो ।


विद्यार्थीहरुलाई कलेजको व्यवस्थापन, नियम, अनुशासन र अध्ययनअध्यापन विषयमा जानकारी गराउने उदेश्यका साथ कार्यक्रम गरिएको कलेजका प्रिन्सीपल भरत सापकोटाले जानकारी दिए । प्रिन्सीपल सापकोटाका अनुसार पहिलो दिन परिचयात्मक तथा मोटिभेषनल कार्यक्रम गरिएको छ । मोटिभेषनल कार्यक्रममा उत्प्रेरक बसन्त अधिकारीले विद्यार्थीहरुलाई सहजीकरण गरेका थिए । भने , दोस्रो दिन क्रस ओभर सलुसनका सिइओ शौरभ घिमिरे र नाथमका निर्देशक विनोद अर्यालले सहजीकरण गर्नेछन् ।


त्यसैगरी तेस्रो दिन विश्वविद्यालयको सेमेष्टर सिस्टम र मुल्याङ्कनको विषयमा विद्यार्थीहरुलाई जानकारी गराउने र अन्तिम दिन समापन समारोहसंगै विद्यार्थीहरुलाई रिफ्रेसमेन्ट गराउने उदेश्यले लाईभ म्युजिक कार्यक्रम गरिने कलेजले जनाएको छ ।


यसै बर्ष भर्ना भएका वि.एच.एम,विआइएम, वि.सिए तथा वि.एससि.सि. एसआइटिका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमको पहिलोदिन कलेजका प्रिन्सीपल भरत सापकोटा, निर्देशक भेषराज पोखरेल, शैलेन्द्र शिवाकोटी, प्रा.डा पीके झा , ज्ञान बहादुर खडका , डाक्टर मनोज गुप्ता , कलेजका विभाग प्रमुखहरु भुपाल मिश्र , सुमित साह , कुशल निरौला र अन्जु भुजेल लगायतको उपस्थित रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्