दक्षिणी समुदायहरू पुनः नियन्त्रण गरेको इजराइली सेनाको दाबी

<span class='c1'>दक्षिणी समुदायहरू पुनः नियन्त्रण</span> <span class='c2'>गरेको इजराइली सेनाको दाबी</span>

इजराइली सेनाले गाजा सीमा नजिक रहेका सम्पूर्ण इजराइली सहरलाई नियन्त्रणमा लिएको बताएको छ । दक्षिणी इजराइलबाट हमास आतङ्ककारीहरूलाई लखेट्न भएको सङ्घर्षको तेस्रो दिनमा इजराइली सेनाले त्यस्तो दाबी गरेको हो ।

“गाजापट्टी छेउछाउमा रहेका समुदायहरूमाथिको नियन्त्रण पुनःप्राप्त भएको छ”, इजराइली प्रतिरक्षा फौज (आइडीएफ) का प्रवक्ता डेनियल हगारीले पत्रकारहरूसँग भन्नुभयो । यद्यपि उहाँले त्यहाँ अझै पनि आतङ्ककारीहरू हुनसक्ने बताउनुभयो ।

हगारीले इजराइल र गाजाबीचको पर्खाललाई ट्याङ्क र विमानहरूले सुरक्षित बनाउने बताउनुभयो । इजराइली समुदायहरूमा आक्रमण गर्दा शनिबार हमास लडाकुहरूले उक्त पर्खाल भत्काएका थिए ।

हमासका लडाकुहरूले आक्रमण गरेको केही घन्टामै इजराइलले जगेडामा राखिएका तीन लाखभन्दा बढी सैनिकहरूलाई परिचालन गर्ने गर्ने घोषणा गरेको थियो ।

शनिबार बिहान गाजापट्टीबाट हमासका लडाकुहरूले मध्य र दक्षिणी इजराइलमा तीन हजारभन्दा बढी रकेट आक्रमण गरेका थिए । इजराइलले गाजामा जवाफी हवाई आक्रमण गर्यो ।

हमासको रकेट आक्रमणमा परी इजराइली अधिकारीहरूले कम्तीमा सात सय नागरिक मारिएको र दुई हजार तीन सयभन्दा बढी घाइते भएको बताएको छ ।

आक्रमणका क्रममा लडाकु समूहले गाजामा एक ३० भन्दा बढीलाई बन्धक बनाएको दाबी गरेको छ । इजराइलले गरेको जवाफी हमलामा ७८ नाबालिगसहित कम्तीमा चार सय ९३ प्यालेस्टिनी मारिएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले बताएको छ । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्