आदिवासीको अधिकार प्राप्त गर्न नसेको आरोप

<span class='c1'>आदिवासीको अधिकार प्राप्त</span> <span class='c2'>गर्न नसेको आरोप</span>

प्रेम देवानunnamed (2)
विराटनगर २५ साउन, आदिवासी जनजातिका अगुवाहरुले आफ्नो हकअधिकार अझै सुनिश्चित गर्न नसकेको गुनासो गरेका छन् । २२ औं विश्व आदिवासी दिवसको अवसरमा मंगलबार विराटनगरमा आयोजित कार्यक्रममा बोल्दै आदिवासी अगुवाहरुले नयां संविधानले समेत आफुहरुको मागलाई पुर्णरुपमा सम्बोधन गर्न नसकेको भन्दै गुनासो गरेका हुन् ।

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद मोरङको आयोजना तथा नगर परिषद विराटनगरको व्यावस्थापनमा आयोजित स्थानिय विरेन्द्र सभागृहमा किरात याक्थुङ्ग चुम्लुङ्गका केन्द्रिय सदस्य नारायण याक्सोले देशमा विभिन्न चरणमा बेग्ला–बेग्लै संबिधान आएपनि आदिवासीहरुको हकअधिकारलाई समेट्न नसकेको दाबी गर्नुभयो । उहांले आफुहरुले हक अधिकारको कुरा उठाउदा बिखण्डनकारी भनेर आरोप लगाइने गरेको दाबी गर्दै आफुहरु विखण्डनको पक्षमा नभइ आफ्नो अधिकार सुनिश्चित गर्न माग मात्र गरेको बताउनुभयो । उहांले पहिचान सहितका संघियताको आवश्यक रहेका बताउनुभयो । यसैविच किरात राई यायोक्खाका केन्द्रिय उप–महासचिव तिलक राईले संसार भर विश्व आदिवासी दिवस मनाईरहदा हाम्रो मुलुकमा भने दुर्भाग्यवस त्यो माहोलमा जान नसकेको गुनासो गर्नुभयो । नेपालमा व्रामह्ण, खस, आर्य जातीको एकल जातीले बनाएको संविधान मान्य नहुने बताउनुभयो । ताजपुरीया कल्याण परिषदका अध्यक्ष नारायण ताजपुरीया नवगठित सरकारका प्रधामन्त्री पुष्पकमल दाहालले कुनै समय आदिवासीहरुको माग तीब्ररुपमा उठाएकाले अहिले सरकारमा आएपछि उहांले के गर्नुहुन्छ भन्ने हेर्न बांकी रहेको बताउनुभयो ।
कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष मिलनकुमार राई, कार्यक्रम व्यावस्थापन पक्षका सुरेस सिहं गनगाई , प्रमुख अतिथी आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानका सदस्य सचिव गोबिन्द माझी, धिमाल जाती महासभाका केन्द्रिय सचिव तारा धिमाल तमु ह्युला छोजदीका मोरङ अध्यक्ष मनकुमार गुरुङ लगयातले आदिवासीहरु आफनो हक अधिकार प्राप्त गर्नका लागी अब एक जुट भएर लाग्नु पर्ने बताए ।unnamed
यसैविच दिवसको अबसरमा मोरङ्ग जिल्ला तथा नगर भित्र रहेका करिब एक दर्जन जति आदिवासी जनजाती समुदायका जातिय संघ सस्थाहरु सास्कृतिक प्रर्दशनी गरेको थिए ।

हराउदै गएको आफ्नो धर्म सस्कृति बचाई राख्न र आम जनसमुदायमा परिचीत गराउने उदस्यले विराट नेवा पुःचको धिमेबाजा तथा लाखे नाच प्रर्दशन गरेको थियो । यसैविच किरात राई यायोक्खाले साकेला सिली, किरात याक्थुङ्ग चुम्लुङ्गले च्याब्रुङ्ग नाच, नेपाल मगर संघले हुरा नाच प्रदर्शन गरेका थिए । यसैगरी दिवसको अबसरमा नेपाल झागड उराब कोड्रेम सुधारा कार्य समितिले जातिय नृत्य , नेपाल गनगाई परिषद्ले जातिय गीत, राजबंसी समाज, मुन्दडा ,नुन्दा तब्दर नृत्य प्रस्तु गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्