विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर १० ले अग्नि नियन्त्रण सामग्री वितरण गरेको छ ।
बुधबार एक कार्यक्रमबीच अग्नि नियन्त्रण सामग्री वितरण गरिएको हो।
आगलागीबाट हुने क्षति न्यूनीकरण गर्नका लागि अग्नि नियनत्रण सामाग्री विभिन्न संस्थालाई वितरण गरिएको विराटनगर महानगरपालिका वडा नम्बर १० को कार्यालयले जनाएको छ ।
उक्त कार्यक्रममा अतिथिको रुपमा विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीको उपस्थिति रहेको थियो ।
वडाभित्रका सामुदायिक स्कुल,मन्दिर,मानवसेवा आश्रम साथै अन्य सार्वजनिक संस्थाहरुलाई वितरण गरीएको वडा नम्बर १० का वडाध्यक्ष अर्जुन गिरीले जानकारी दिए।
कुनै टोलमा अग्नि नियन्त्रण सामाग्री राख्न आवश्यक भएमा वडा कार्यालयमा सम्पर्क गर्न वडाध्यक्ष गिरीले आग्रह गरे।