विराटनगरको एम्स कलेजमा प्रहरीको चेतनामुलक कार्यक्रम

<span class='c1'>विराटनगरको एम्स कलेजमा</span> <span class='c2'>प्रहरीको चेतनामुलक कार्यक्रम</span>

मोरङको विराटनगर उप-महानगरपालिका १४ स्थित एम्स कलेजमा प्रहरीले बुधबार  ट्राफिक नियम तथा महिला, बालबालिकामाथी हुने हिंसा सम्बन्धि एक दिने चेतनामुलक प्रशिक्षण सम्पन्न गरेको छ।

“प्रहरी मेरो साथी” अभियान अन्तरगत पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले सो कार्यक्रमको आयोजना गरेको हो।

कार्यक्रममा कलेजका स्नातक प्रथम र चौथो वर्षमा अध्ययनरत ६४ जना विधार्थीहरुलाइ प्रहरीले ट्राफिक नियम तथा महिला, बालबालिकामाथी हुने हिसां सम्बन्धि जानकारी गराएका छन्।

प्रहरीले सहभागीहरुसंग अन्तरकृयाको माध्यमबाट उनीहरुको जिज्ञासालाई समेत सम्बोधन गरेको छ। कार्यक्रममा क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव निरीक्षक कृष्ण कुमार अधिकारी र प्रहरी जवना ओम राज पौडेलले सहजीकरण गरेका थिए ।

कार्यक्रमको अन्तमा कार्यक्रम आयोजना गरेकोमा संचालकलाई कलेजका प्रिन्सिपल चिन्तामणी बस्नेतले धन्यवाद दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्