विराट फुटसल सुरु हुँदै पहिलो दिन मकालु र व्यापारी विच भिड्ने

<span class='c1'>विराट फुटसल सुरु हुँदै  पहिलो</span> <span class='c2'>दिन मकालु र व्यापारी विच भिड्ने</span>

अनिल श्रेष्ठ IMG_2170 copy
विराटनगर, २७ साउन - कार्पेरिट लेवलको विराट फुटसल कप २०१६ शुक्रबारबाट सुरु हुने भएको छ । प्रतियोगिताको उद्घाटन खेल विराटनगरमा रहेको मकालु टेलेभिजन र व्यापारी विच प्रतिस्पर्धा हुने भएको छ । विराटनगर ६ मा रहेको विराट हिट एण्ड हेङ्ग आउटको खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले आज बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।

आवर विराटनगर डट नेट र हिट एण्ड हेङ्ग आउटको संयुक्त आयोजनामा सुरु भएको प्रतियोगितामा कार्पेरिट लेबलको १६ टिमको सहभागिता रहेको आवर विराटनगर डट नेटका निर्देशक बिबेक दाहालले जानकारी दिनुभयो । प्रतियोगितामा बैंक, मिडिया हाउस, कलेजलको टिम रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागि हुने विभिन्न संघसंस्थामा आवद्ध भएका कर्मचारीहरु हुने भएकोले उनीलाई मनोरञ्जन तथा शारीरिक रुपमा फिट बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको निर्देशक दाहालको भनाई छ । प्रतियोगिताको बिजेताले नगद १५ हजार रुपैयाँ सहित टफि रहेको भने उपबिजेताले नगद १० हजार रुपैयाँ रहेको छ । त्यसको साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र खेलाडीहरुलाई ट्रफी रहेको बताइएको छ ।

प्रतियोगितामा भेलोसिटी, भोल्सवागेन, प्रायम बैंक, सास्थम, प्रभु बैंक, विराटनगर आँखा अस्पताल, चार्टस एकान्टेन्ड, सनराइस बैंक, मोहनमहन मेमोरिय पोलोटेक्नीक, एनआइसी एसिया, नेपाल टेलिकम, मेगा बैंक, डाइनमिक्स एजुकेसन कम्पेलेक्सले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको पूर्वसन्याको अवसर पारेर बिहीबार आयोजक आवर विराटनगर डटनेट र विराटनगरका पत्रकारहरु बिचको मैत्रीपूर्ण खेलमा बरावरीमा भएको छ । निर्धारित समयसम्म दुबै टिमको ३-३ गोल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्