आन्तरिक राजस्व कार्यालय विराटनगर मोरङले लक्ष्यभन्दा बढी राजस्व असुली

<span class='c1'>आन्तरिक राजस्व कार्यालय विराटनगर मोरङले</span> <span class='c2'>लक्ष्यभन्दा बढी राजस्व असुली</span>

बिराटनगर श्रावण २८ , आन्तरिक राजस्व कार्यालय विराटनगर मोरङले आर्थिक वर्षमा लक्ष्यभन्दा बढी राजस्व असुली गरेको छ ।

आर्थिक वर्ष २०७२ ÷०७३ मा विभागले ३ अर्ब ५१ करोड ८३ लाख ७९ हजार रुपैयाँ उठाउने लक्ष्य दिएकोमा ३ अर्ब ५२ करोड २५ हजार रुपैयाँ राजस्व असुली भएको आन्तरिक राजस्व कार्यालय विराटनगरले जनाएको छ । कार्यालयले लक्ष्य भन्दा एक सय १५ प्रतिशत बढी राजस्व असुली गर्न सफल भएको जनाएको छ । कार्यालयले आयकरमा समेत लक्ष्य भन्दा बढी राजस्व असुलि गरेको कर अधिकृत दिनेश गुरागाईले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक वर्ष ३ करोड १६ लाख ४७ हजार रुपैयाँ बढी आयकरमा मात्र राजस्व असुली गर्न सफल भएको बताउनुभयो । आयकरमा विभागले १ अर्ब ४ करोड २७ लाख २५ हजार रुपैयाँ राजस्व उठाउन लक्ष्य दिएको थियो । तर, आर्थिक वर्षमा आयकरमा १ अर्ब ७ करोड ४३ लाख ७२ हजार रुपैयाँ असुलि भएको कर अधिकृत गुरागाईले जानकारी दिनुभयो । त्यस्तै अघिल्लो वर्ष लक्ष्यभन्दा कम राजस्व असुली गरेको स्वास्थ्य र शिक्षा सेवा करमा यस वर्ष लक्ष्य भन्दा बढी राजस्व असुली गरेको कार्यलयले जनाएको छ । यस वर्ष स्वास्थ्य र शिक्षा सेवा करबाट ५ लाख रुपैयाँ उठाउने लक्ष्य राखेकोमा ८ लाख ५० हजार रुपैयाँ राजस्व असुलि भएको कार्यलयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्