विराट फुटसल सुरु उद्घाटन खेलमा मकालु टिभी बिजयी

<span class='c1'>विराट फुटसल सुरु उद्घाटन</span> <span class='c2'>खेलमा मकालु टिभी बिजयी</span>

अनिल श्रेष्ठ IMG_2725
विराटनगर, २८ साउन ।
विराट फुटसल कप २०१६ शुक्रबारबाट सुरु भएको छ । प्रतियोगिताको पहिलो खेलमा मकालु टेलिभिजन दोस्रो चरणमा प्रवेश गरेको छ । विराटनगर ६ मा रहेको हिट एण्ड हेङ्ग आउटको खेल मैदानमा भएको खेलमा मकालुलले व्यापारीलाई दुइ गोलको विरुद्धमा ६ गोल गर्दै दोस्रो चरणमा प्रवेश गरेको हो ।

मकालुका तर्फबाट दिवस सुवेदीले ह्याटीक गरेका छन् । उनले प्रतियोगिता अवधिभर तीन गोल गरेका छन् । मकालुको तर्फबाट भूवन लम्सालले २ गोल र दिपेश सुवेदीले एक गोल गरेका थिए । व्यापारीको तर्फबाट दिपेश तायलले दुई गोल गरेको थिए । प्रतियोगिताको म्यान अफ म्याच मकालुका दिवस सुवेदी घोषित भएका छन् ।

आवर विराटनगर डटनेट र विराट हिट एण्ड हेङ्ग आउटको संयुक्त आयोजनामा सुरु भएको प्रतियोगिताको विजेताले नगद १५ हजार रुपैयाँ टफि प्राप्त गर्नेछ । उपविजेताले नगद १० हजार रुपैयाँ रहेको आवर विराटनगर डट नेटका निर्देशक बिवेक दाहालले जानकारी दिनुभयो । प्रतियोगितामा १६ टिम रहेको छ ।

प्रतियोगिताको भोलीको शनिबारको पहिलो खेल भेलोसिटी र भोलस्वागेन , दोस्रो खेल प्राइम बैक र सास्थम कलेज, तेस्रो खेल प्रभु बैक , विराटनगर आँखा अस्पताल र चौथो खेल सिए र सनराइन बैंक बिच हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्