अखिल क्रान्तिकारीको एउटा समूहले सोही संगठनका विद्यार्थीलाई क्याम्पसबाट निकालेपछि……..

<span class='c1'>अखिल क्रान्तिकारीको एउटा समूहले सोही</span> <span class='c2'>संगठनका विद्यार्थीलाई क्याम्पसबाट निकालेपछि……..</span>

विराटनगर । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको एउटा समूहले सोही संगठनका विद्यार्थीलाई महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसबाट निकालेको पाईएको छ ।

सोमबार कलेज गएका निराजन रायलाई रोहित यादवसहितको समूहले हातपात गर्दै कलेजबाट निकालेको बताइएको छ । बिबिएस दोस्रो वर्ष अध्ययन गरिरहेका रायलाई केही दिनअघि यादवसहितको समूहले कलेज निषेध घोषणा गरेको थियो । सोमबार आफ्नो कक्षाका लागि गएका उनलाई हातपात गर्दै निकालेको उनले बताए ।

पटक पटक ज्यान मार्ने धम्की दिएका व्यक्तीले कलेजबाट निकालेपछि रायले जिल्ला प्रहरी कार्यालयमा यादवलाई कारवाहीको माग गर्दै सोमबार जाहेरी दिएका छन् । अखिल क्रान्तिकारी महेन्द्र मोरङ क्याम्पस इकाई कमिटीले २५ भदौंमा सातौं इकाई सम्मेलन आयोजना गरेको थियो । सोही सम्मेलनको बन्दसत्र पछि गर्ने सहमति भएपनि क्रन्तिकारीको एउटा समूहले सोही दिन विकास यादवलाई पून इकाई अध्यक्ष घोषणा गरेको थियो । त्यसपछि माओवादी केन्द्र जिल्ला अध्यक्ष विजय विश्वासहितका नेताले १७ असोजमा भेला राखेर रायलाई इकाई अध्यक्ष घोषणा गरेका थिए ।

आफ्ना विरुद्ध रायलाई अध्यक्ष घोषणा गरेपछि यादवले रायलाई कलेजमा प्रवेश निषेधको घोषणा गरेका थिए । बिबिएस दोस्रो वर्षका विद्यार्थी रायले सोमबार कलेज पुगेपछि यादवले बाहिर निकालेको गुनसाो गरे छन् । ज्यान मार्ने धम्की दिएका कारण प्रहरीमा उजुरी गरेको समेत उनले बताए ।

यता विकास यादवले (रोहित) ले भने सांगाठानिक विवाद रहेको प्रतिक्रिया दिए । उनले रायलाई हातपात नगरेको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्