इजरायल–गाजा द्वन्द्व समाधानका लागि रूसको आह्वान

<span class='c1'>इजरायल–गाजा द्वन्द्व समाधानका</span> <span class='c2'>लागि रूसको आह्वान</span>

मस्को । रूसले इजरायल–गाजा द्वन्द्वमा ‘तत्काल युद्धविराम’ का लागि सोमबार पुनः आह्वान गर्दै शत्रुता अन्त्यका लागि वार्ता सुरु गर्न नेताहरूलाई आग्रह गर्नुभएको छ ।

क्रेमलिनका सहयोगी युरी उशाकोभलाई उद्धृत गर्दै इन्टरफ्याक्स समाचार एजेन्सीले भनेको छ, “अहिलेको वातावरणमा मुख्य कुरा तत्काल आक्रमण बन्द गर्नु र राजनीतिक समाधानको प्रक्रिया सुरु गर्नु हो ।”

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू, प्यालेस्टाइनी नेता महमुद अब्बास र इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीसँग छलफल गर्नुहुने भएको छ ।

क्रेमलिनका विदेश नीति सल्लाहकार युरी उशाकोभलाई उद्धृत गर्दै रूसी एजेन्सीहरूले पुटिनले आफ्ना सिरियाली समकक्षी बसर अल असद र इरानी राष्ट्रपति इब्राहिम राइसीसँग सोमबार नै कुराकानी गरिसकेको बताएका छन् । रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्