महिलालाई प्रस्तावना लेखन तालिम

<span class='c1'>महिलालाई प्रस्तावना</span> <span class='c2'>लेखन तालिम</span>

सुमन सुस्केरा
बिराटनगर, साउन २८
महिलाहरुको लागि उच्च स्तरिय प्रशिक्षक प्रशिक्षण सघढसनसरीको इनरुवामा सम्पन्न भएको छ । जागरण नेपाल क्षेत्रीय कार्यालय बिराटनगरको आयोजनामा भएको प्रशिक्षणमा सहभागि महिलाहरुले आफ्नो लागि आफ्नैले प्रस्तावना लेख्न सक्ने सिपको विकास भएको बताएका छन् । महिलाको नृतृत्व सँगै ब्यक्तीत्व विकासका लागि तालिमको आयोजना गरिएको जागरण नेपालकी कार्यक्रम संयोजक प्रतिक्षा बस्नेतले जानकारी दिनु भयो । दस दिन सम्म चलेको तालिममा गाविसका ३० जना महिलाको सहभागिता रहेको थियो । सहभागि महिलाहरुले गाउँमा बोल्न नजान्ने अबस्थामा अहिले महिलाको लागि आएको रकम महिलामा खर्च गर्न तथा अन्य गतिबिधि संचालन गर्नको लागि पनि प्रस्तावना आफैले लेखेर बजेट सम्म माग्न सक्ने भएको बताएका छन्। निती वकालतका लागि जागरण सञ्जालका अध्यक्ष राधा भट्टराईले अहिले पनि महिलाहरु पारिवारिक दवाव तथा सामाजिक कारणबाट बाहिर आउन नसकि रहेको अबस्थामा तालिमले ग्रामिण महिलालाइृ समेत बाहिर ल्याउन सहयोगी भुमिका खेलेकोे जानकारी दिनु भयो । अहिले सुनसरी जिल्लाका बिस वटा गाविसमा निति वकालतका लागि महिला सञ्जाल गठन भएपनि महिलाका समस्याका बारेमा ग्रामिण रुपमा नै समाधान खोजिन थालेको छ । तालिममा महिलाहरुलाई माईन्युट लेखन, प्रस्तावना लेखन, भाषण कला, रिपोर्ट लेखन तथा जन वकालत सम्बन्धी तालिम दिईएको थियो । तालिममा सहभागि सत्तेरझोडा, बबिया, सिमरिया भासी, बक्लौरी लगायतका ३० जना महिलाहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्