विराटनगरका लक्ष्मण शाहले जिते खल्ती वर्ल्डलिंकको ‘दुबई टुर’

<span class='c1'>विराटनगरका लक्ष्मण शाहले जिते</span> <span class='c2'>खल्ती वर्ल्डलिंकको ‘दुबई टुर’</span>

विराटनगर । डिजिटल वालेट खल्तीले वर्ल्डलिंकका ग्राहकलाई लक्षित गर्दै ल्याएको ‘दशैं क्याम्पियन’ अन्तर्गत विराटनगरका लक्ष्मण शाहले लक्की ड्र मार्फत 'दुबई टुर' जितेका छन् ।

मैले खल्ती अनलाईनबाट पेमेन्ट गर्दा 'दुबई घुम्ने' जाने अवसर पाइन्छ भनेर बुझेको चाहि थिए। तर आफैँलाई पर्छ भनेर सोचेको थिइनँ। आफुले 'दुबई घुम्ने' अफर पाएकोमा धेरै खुसी लागेको बिजेता सन्तोष शाहले बताए ।

वर्ल्डलिंकको इन्टरनेट बिलको भुक्तानी खल्तीबाट गर्नेमध्ये २४ ग्राहकको जोडीलाई ‘दुबई भ्रमण’ काे अफर दिएको छ। हरेक हप्ता खल्तीले 'लक्की ड्र' मार्फत दुई जोडीलाई दुबई टुर दिदै आएको छ। पहिलो हप्ता विरगंजका सुबास प्रधान र चितवनका मिलन कुमालले 'दुबई टुर' जितेका थिए। भने दोस्रो हप्ताको टुर विराटनगरका लक्ष्मण शाह र काठमाडौँ ३२ का तोयानाथ ढुंगानाले जितेका हुन्।

खल्ती र वर्ल्डलिंकको पेजबाट मंगलबार बेलुका मिस युनिभर्स नेपाल जेन दीपिका गैरेटको उपस्थितिमा प्रत्यक्ष प्रसारण गर्दै खल्तीले विजेता घोषणा गरेको थियो।

यो अफरमा सहभागी हुन ग्राहकले इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकको इन्टरनेट शुल्क खल्तीबाट भुक्तानी गर्नुपर्ने हुन्छ । खल्तीबाट भुक्तानी गर्नेमध्ये हरेक हप्ता दुई जोडीले दुबई घुम्ने मौका पाउनेछन् । यसअन्तर्गत चार रात पाँच दिनको दुबई भ्रमणका लागि लाग्ने सम्पूर्ण खर्च खल्तीले ब्यहोर्ने छ । विशेषगरी तीन महिना वा १२ महिनाको इन्टरनेट शुल्क भुक्तानी गर्ने ग्राहकलाई यो अफरमा सहभागी गराइएको छ।

तीन महिनाको इन्टरनेट शुल्क खल्तीबाट तिरेपछि प्रयोगकर्ताले दुई ओटा भौचर पाउदै आएको छन भने १२ महिनाको भुक्तानी गर्दा पाँच ओटा भौचर पाउनेछन् । खल्तीले तीनै भौचरमार्फत हरेक साता लक्की ड्र गरी दुई ओटा भौचर छान्नेछ ।

दुबई अफरका साथै वर्ल्डलिंकका नयाँ तथा पुराना ग्राहकले सामसङका विभिन्न उत्पादनमा साढे १५ हजार रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सामसङको २३० लिटरको रेफ्रिजेरेटर, ५५ र ४४ इन्चको फोरके अल्ट्रा एचडी टेलिभिजन, फ्रन्ट लोडिङ वासिङ मसिन र सामसङ ए२४ एलटीई स्मार्टफोन (८/१२८ जीबी) मा चार हजारदेखि साढे १५ हजार रुपैयाँसम्म छुट पाइने छ। साथै वर्ल्डलिङ्कका ग्राहकले बोट ब्राण्डको इयरबड खरिदमा ५० प्रतिशत छुट पाउने भएका छन् ।

कम्पनीले तीन वा १२ महिनाको इन्टरनेट प्याकेज नवीकरण गर्ने वा ​वर्ल्डलिंकको इन्टरनेट जडान गर्ने नयाँ ग्राहकलाई ‘एयरडप्स १७०’ आधा मूल्यमा उपलब्ध गराउने जानकारी दिएको हो ।यस अन्तर्गत ग्राहकले बोटको याे इयरबड १६ सय ९९ रुपैयाँमा खरिद गर्न सकिनेछ । यसको बजार मूल्य भने तीन हजार २९९ रुपैयाँ रहेको छ ।

इन्टरनेट नवीकरण गरिसकेपछि वा नयाँ इन्टरनेट जडान गरेपछि विराटनगरस्थित वर्ल्डलिंकको शनि मन्दिर छेउ हनुमानदास रोडमा रहेको शाखा कार्यालयमा पुगेर ‘एयरडप्स १७०’ खरिद गर्न सक्ने छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्