कोशी प्रदेशमा साम्प्रदायिक, धार्मिक र राजनैतिक गतिबिधी नियाल्ने प्रहरी योजना

<span class='c1'>कोशी प्रदेशमा साम्प्रदायिक, धार्मिक र</span> <span class='c2'>राजनैतिक गतिबिधी नियाल्ने प्रहरी योजना</span>

विराटनगर । कोशी प्रदेशका १४ जिल्लामा दशैं विशेष सुरक्षा योजनामा साम्प्रदायिक, धार्मिक र राजनैतिक गतिविधिमाथि निगरानी राखिएको छ । प्रदेशमा धार्मिक अतिवादको भड्किलो शैलीले समुदायमा पार्नसक्ने असर र त्यसमा टेकेर हुनसक्ने राजनैतिक चलखेलबारे प्रहरीले विशेष सतकर्ता अपनाउने भएको हो ।

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले मातहतका १४ जिल्ला कार्यालयका प्रमुखहरुलाई बुधबार निर्देशन दिदैं तीनवटा गतिविधि बारे पूर्ण रुपमा निगरानी राख्न र त्यसबाट उत्पन्न हुनसक्ने संभावित जोखिम नियाल्न पूर्व सूचना संकलनमा ध्यान दिन निर्देशन दिएका हुन् ।

‘सम्प्रदायिक, धार्मिक तथा राजनैतिक गतिबिधीको बारेमा अग्रिम सूचना संकलन गर्दै ‘अपरेसनल रिडेन्स एण्ड ह्याभ्बी पुलिस डेभ्लोपमेन्ट’ मार्फत सुरक्षा मजबुत राख्नुछ’ डिआईजी बास्तोलाले १४ जिल्लाका प्रहरी प्रमुखहरुलाई निर्देशन दिर्दै भनेका छन्–गतिबिधीको बारेमा अग्रिम सूचना संकलन जरुरी छ । उनले प्रहरी ब्याटनमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा खटिने सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई बिशेष धन्यवाद दिदैं अहिलेसम्म प्राप्त सुरक्षा व्यवस्थापन उपलब्धीलाई जोगाउनु पर्ने औल्याएका हुन् ।

त्यससँगै उनले कोशी प्रदेश कार्यालय तथा अन्तरगत रहेका कार्यालयहरुले गरेको कार्यालय ब्यबस्थापन, सौन्दर्यकरण तथा प्रणालीगत सुधारका साथै बिबिध सचेतना मुलक कार्यक्रमको प्रशंसा गर्न योग्य रहेको बताउँदै बताएका छन् । आगामी दिनमा समेत यस्ता क्रियाकलापमा निरन्तर रुपमा लागी पर्न प्रेरित समेत गरेका छन् ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको “सुरक्षा सुनिश्चितता अभियान २०८०” अन्तर्गत चाडपर्वको समयमा हुनसक्ने अवान्छित गतिबिधी लगायत बिभिन्न अपराधिक घटनाहरुलाई निरुत्साहित गर्न सुरक्षा योजना बमोजिम प्रहरी परिचालन गर्न समेत निर्देशन दिइएको छ । चाडपर्वको समयमा हुन सक्ने कालोबजारी नियन्त्रण गर्न सरोकारवाला निकायहरुसंग समन्वय गरी बजार अनुगमन गर्ने ब्यबस्था मिलाउन, भन्सार छली तथा चोरी निकासी पैठारी नियन्त्रण र पटकाजन्य बस्तुको ओसारपसार नियन्त्रणमा बिशेष ध्यान दिनका साथै सवारी दुर्घटना न्युनिकरणका लागी सवारी चेकजाँचमा कडाई गर्न ट्राफिक र जनपद प्रहरीको संयुक्त जनशक्ति परिचालन हुन समेत निर्देशन दिएका हुन् ।

मानव बेचबिखन, लागुऔषधको नियन्त्रण, चोरी पाकेटमारी, जुवातासजन्य गतिबिधी नियन्त्रण, मादकपदार्थ सेवन गरि हुने झै–झगडा तथा होटलहरुमा हुने अवान्छित क्रियाकलाप नियन्त्रण गर्दै आफ्नो पदिय जिम्मेवारीलाई त्रुटिरहित ढङगबाट पुरा गर्न भनिएको छ । प्रहरी आचरण र व्यवहारलाई सभ्य, शिष्ट र मर्यादित बनाई कानूनको परिधिमा रही जन–चाहाना बमोजिमको सुरक्षा ब्यबस्था मिलाउन भनिएको छ । यसैगरी प्रहरीमा आपसी भाईचाराको भावना विकास गरी एक आपसमा शुभकामना आदान प्रदान गर्न र कार्यालय प्रमुखहरुले आ–आफ्नो मातहत कार्यालयहरुको अनुगमन गरी कार्यरत प्रहरी कर्मचारीहरुको पिरमार्का गुनासोहरुको सम्बोधन गर्न समेत निर्देशन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्