जुनियर जेसीज “स्पीक आउट ” मा मिनिसा दाहाल विजयी

<span class='c1'>जुनियर जेसीज “स्पीक आउट ”</span> <span class='c2'>मा मिनिसा दाहाल विजयी</span>

बिराटनगर साउन ३० ,
विराटनगर जुनियर जेसीजले आयोजना गरेको "स्पीक आउट" कार्यक्रमको रोचक फाईनलमा मिनिशा दाहाल प्रथम भएकी छिन।
शनिवार युवा दिवसको अवसर पारी गरिएको सो फाईनलमा दोस्रो आशिष्ता वस्नेत भएकी थिईन भने तेस्रो स्थानमा दुई जना विपना गिरी र नम्रता आचार्य भएकी छिन।
५० भन्दा बढी सदस्यहरुबाट अडिसन, प्रि- फाईनल गर्दै शनिवार ७ उत्कृष्ठ बीच भएको सो फाईनल खेल "ड्याजल फेसन वेयर "ले मुख्य प्रायोजन गरेको थियो।
सो कार्यक्रमको विजेतालाई ट्रफी लगायत विभिन्न पुरस्कार प्रदान गरेको छ भने,
प्रतियोगीताको ७ उत्कृष्ट प्रतियोगीलाई रेडियो वि. एफ. एम वाट कार्यक्रम संचालनको तालीम दिइने जानकारी जनसम्पर्क अधिकारी प्रवेश दुलाललो दिनु भएको थियो।
कार्यक्रममा भुतपुर्व अध्यक्षद्वय सन्देश दास श्रेष्ठ , देवेश प्रधान र जेसीज अध्यक्ष भगवती कालीकोटे र उज्जवल खरेलले निर्णायकको भुमिकामा निभाउनु भएको थियो।
सो कार्यक्रमले जुनियर जेसीजको भाषण कलामा निखारता ल्याउन मदत पुग्ने विस्वास जु. जेसीज अध्यक्ष अभिनास थापाले व्यक्त गर्नुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्