यस बर्षको जन्मअष्टमीको रथयात्रामा हेलिकप्टरबाट पुष्पवर्षा गराउने तयारी

<span class='c1'>यस बर्षको जन्मअष्टमीको रथयात्रामा</span> <span class='c2'>हेलिकप्टरबाट पुष्पवर्षा गराउने तयारी</span>

बिराटनगर साउन ३० , बिराटनगरमा दक्षिण एसिया कै दोस्रो ठुलो कृष्ण जन्मअष्टमीको भोलिपल्ट निकालिने रथयात्राको तयारी शुरु गरिएको छ । एसिया मै धार्मिक तथा ऐतिहासिक महत्व बोकेको राधाकृष्ण रथयात्राका लागि समाजका यो बर्ष भदौ १० गते दिनको ३ बजे पोखरियाको राधाकृष्ण मन्दिरबाट शुरु गरिने भएको छ  ।रथयात्राका लागि आयोजक समितिको गठन भईंसकेको छ भने बिभिन्न १७ वटा उप-समिति समेत निर्माण भएको छ । त्यस्तै रथलाई रङ लगाउने, झाँकी, भजन मण्डली, प्रसाद व्यवस्थापन, प्रविधि र सुरक्षा व्यवस्था लगायतका सबै कामको तयारी भईरहेको आयोजक समितिले जानकारी दिएको छ ।
आयोजक समितिका अध्यक्ष बाबुराजा ओझाले ब्यवस्थापनमा कमी नआउन नदिन सबै प्रयास गरिने जनाएका छन्  । यस्तै समितिका सदस्य उद्योगी चम्पालाल राठीले यो बर्ष रथयात्रामा हेलिकप्टरबाट पुष्प वर्षा गराउने तयारी भईरहेको पनि जानकारी दिए ।
बिराटनगरको यस रथ यात्रामा पाँच लाख सर्वसाधारणको प्रत्यक्ष सहभागिता हुन्छ ,  यस रथयात्रालाई भारतको जगन्नाथपुरी पछिको ठूलो रथयात्राका रुपमा लिइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्