एभरेष्ट बैंक कंचनबारी शाखाद्धारा मानव सेवा आश्रमलाई एक लाखको खाद्यन्न सामाग्री

<span class='c1'>एभरेष्ट बैंक कंचनबारी शाखाद्धारा मानव सेवा</span> <span class='c2'>आश्रमलाई एक लाखको खाद्यन्न सामाग्री</span>

विराटनगर । एभरेष्ट बैंक कोशी प्रदेशले मानव सेवा आश्रमलाई एक लाख रुपैयाँ बराबरको खाद्यान्य वितरण गरेको छ ।

बैंकको २९ औं वार्षिक उत्सवको अवसर पारेर आश्रममा एक कार्यक्रमको आयोजना गरी खाद्यन्य सामाग्री वितरण गरेको हो ।

एभरेष्ट बैंक कोशी प्रदेश प्रमुख जनक चापागाइको नेतृत्वमा बैंक कर्जा असुली अधिकृत देवी प्रसाद संग्रौला, कंचनबारी शाखा प्रमुख विभा जोशी , कर्मचारी सुरज श्रेष्ठको टोलीले आश्रममा पुगेर एक लाख रुपैयाँ बराबरको सामाग्री वितरण गरेको थियो ।
संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले खाद्यान्य ३० बोरा चामल, तेल, चना, दाल लगायतको खाद्य सामाग्री वितरण गरिएको एभरेष्ट बैंक कोशी प्रदेश प्रमुख जनक चापागाईले बताए ।

मानव सेवा आश्रममा हाल ७० जना भन्दा जेष्ठ महिला नागरिक तथा १ दर्जन घरविहीन बालबालिकाहरु बसोबास गर्दै आएका छन् ।
यसैगरी बैंकले वार्षिक उत्सवको अवसर पारेर विराटनगर-१० मा रहेको झी पुचः (नेपाल भाषा तथा सांस्कृतिक संघ) भित्र रहेको वंगलामुखी मन्दिरको धारा निमार्णको लागि पनि बैंकले आर्थिक सहयोग प्रदान गरेको छ ।

बैंकका प्रमुख चापागाईले नगद ५० हजार रुपैयाँ चेक अध्यक्ष भविष श्रेष्ठलाई हस्तान्तरण गरेका छन् । एभरेष्ट बैंक कोशी प्रदेश अन्तर्गत १८ वटा शाखा रहेको छ । एभरेष्ट बैंकको २९औं वार्षिक उत्सव समारोहको उपलक्ष्यमा सम्पुर्ण शाखाबाट संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विभिन्न सहयोग गरी राखेको बैंकका प्रमुख चापागाईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्