काठमाडौं, साउन ३१ – काठमाडौंबाट काभ्रेको कोशिपारीका लागी छुटको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३१ पुगेको छ । अहिलेसम्म ३१ वटा शव भेटिएको छ । उद्धारको काम भइरहेको घटनास्थलमा रहेका दुर्गावहादुर श्रेष्ठले जानकारी दिनुभयो ।अहिलेसम्म २० जनाको उद्धार गरिएको र उपचारका लागि अस्पताल पठाउने काम शुरु भएको पनि उहाँले जानकारी दिनुभयो । अस्थायी हेलिप्याड बनाएर हेलिकोप्टर मार्फत घाइतेलाई उपचारका लागि लैजाने प्रयास पनि भइरहेको त्यहीं रहेका विर्ता देउराली गाविसका सव इन्जिनियर नरेश कार्कीले जानकारी दिनुभयो । सुरक्षाकर्मी र स्थाीयवासीले अहिलेपनि उद्धारको काम गरिरहेका छन् ।