पर्वतका नागरिकहरु सूचनका लागि कटवालमा निर्भर

<span class='c1'>पर्वतका नागरिकहरु सूचनका</span> <span class='c2'>लागि कटवालमा निर्भर</span>

देशका अधिकांश ठाउँमा मोबाइल फोनको पहुँच पुगिसकेको छ । आफन्त, परिवार र साथीभाइसंग कुरा गर्नदेखि लिएर महत्वपूर्ण सूचना र जानकारीहरु आदनप्रदान गर्न समेत मोबाइल फोनको प्रयोग हुनथालेको धेरै भइसक्यो । तर पर्वतको सदरमुकाम कुश्मामा भने सुचना पु¥याउने शताब्दी अघिको कटुवाल प्रथा अझै कायमै छ ।

कटुवाल कराएको दृष्य

katwal

यो कुनै चलचित्रको दृष्य होईन,यो त सुचना दिने कुश्मा नगरपालिका ६ दुर्लुङका खिमबहादुर नेपालीको दिनचर्याको एउटा अंश हो । उनले कुनै सभा,छलफल, सम्मेलन लगायतका काम गर्नुपर्दा गाउँको अग्लो डाँडामा पुगी यसरी नै चर्को स्वरमा कराउँदै सुचना दिन्छन् । सूचना दिएपछि सर्वसाधारणहरू सामूहिक कार्यक्रममा भेला हुन्छन् । उनलाई कहिले काँहि हुने कार्यक्रमको सुचना दिन गाउँलेहरुले कटुवाल राखेका हुन् । गाउँमा हुने जुनसुकै कार्यक्रमको बारेमा पुरै गाउँलाई जानकारी दिनु र एक गाउँको सुचना अर्का गाउँ सम्म पु¥याउनु उनको मुख्य काम हो । तत्कालीन दुर्लुङ गाविस अहिले कुश्मा नगरपालिकामा पर्छ तर गाउँघरको कटुवाल प्रथाले भने स्थानीयलाई जोडिरहेकै छ । उनीसहित यो गाउँमा दुई जना कटुवाल छन् । गाउँमा जस्तोसुकै घट्ना पर्दा होस् वा गाउँमा हुने कुनै कार्यक्रम, खिमबहादुरले गाउँको सबैभन्दा अग्लो स्थानमा रहेको दुर्लुङकोटमा पुगेर चर्काे आवाजमा सुचना सुनाउँछन् । १५ बर्ष देखि कटुवालको काम गर्न थालेका खिमबहादुर अझै पनि सबैको घरघरमा पुग्छन् । गाउँलेलाई सूचना दिए बापत यिनले हरेक वर्ष पाउने अन्नबाट आफ्नो परिवार पाल्दै आएका छन् ।

खिमबहादुर जस्तै यो गाउँमा केही वर्ष अघिसम्म पाँच जना कटुवाल रहेका थिए । तर सञ्चारको पहुँच सहज भएसँगै कतिपयले पेसा परिवर्तन गरेपछि अहिले घटेर दुईजना मात्र कटुवाल रहेका छन् । सुचना र प्रविधिको विकासले यहाँका मानिसलाई जोडे पनि अधिकांशले कटुवालकै सूचनालाई भरपर्दो मान्ने गरेको स्थानीय अगुवा बताउँछन् ।

अहिले कटुवालहरु पेशा परिर्बतन गरेर अन्य पेशामा लागे पनि यहाँका अगुबाहरु भने कटुवाल प्रथालाई नै निरन्तरता दिन सक्रिय रहेका छन् ।कटुवालहरु आफ्नो पेशागत सुरक्षा भए परम्परा धान्न सहज हुने बताउँदै आएपनि आधुनिक सञ्चारको युगमा यस्तो चलन जोगाउने या हटाउने भन्ने बहस भने प्रारम्भ समेत भएको पाइँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्