उदयपुरबाट लागुऔषध ब्राउनसगुरसहित दुई जना पक्राउ

<span class='c1'>उदयपुरबाट लागुऔषध ब्राउनसगुरसहित</span> <span class='c2'>दुई जना पक्राउ</span>

उदयपुर । उदयपुरको चौदण्डिगढी नगरपालिका-९ बाट लागुऔषध ब्राउनसुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषधको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले बुधबार दिउसो ईनरुवा नगरपालिका-६ सुनसरीका ४५ बर्षीय सलिम मिया र भारत सुपौलका ४८ बर्षीय प्रमोद गुप्तालाई पक्राउ गरेको हो ।

को २८ प ४९६८ नम्बरको मोटरसाईकलमा सवार रहेका उनीहरुलाई चौदण्डीगढी नगरपालिका-६ भिमा भन्ने स्थानमा चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट ८१ ग्राम ५५० मिलिग्राम ब्राउनसुगर बरामद भएको थियो।

घटना बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्