घरमै बसेर खेल हेर्न दर्शकसँग क्यानको अनुरोध

<span class='c1'>घरमै बसेर खेल हेर्न</span> <span class='c2'>दर्शकसँग क्यानको अनुरोध</span>

विराटनगर । टी-२० विश्वकप छनोटअन्तर्गत शुक्रबार हुने नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बिचको सेमिफाइनल खेल घरमै बसेर हेर्न समर्थकहरुसँग नेपाल क्रिकेट संघ (क्यान) ले आग्रह गरेको छ ।

नेपाल र यूएईबिचको सेमिफाइनल खेल मुलपानी क्रिकेट मैदानमा खेल बिहान ११ बजे सुरु हुनेछ । नेपाल र यूएईबिचको सेमिफाइनल खेलको ३५ सय मात्रै टिकट मात्रै बिक्री गर्ने क्यानले जनाएको छ ।

क्यानले बिहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै मात्रै ३५ सय टिकट मात्र बिक्री गर्ने जनाएको हो । नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार एक सूचना प्रकाशित गर्दै भोलि शुक्रबार मुलपानीस्थित माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुने नेपाल र युएईबीचको सेमिफाइनल खेल सकेसम्म घरमै बसेर हेर्न दर्शकलाई अनुरोध गरेको छ ।

‘सेमिफाइनल खेलका लागि मात्र तीन हजार पाँच सय टिकट अनलाइनमार्फत आईएमई पेबाट काट्न सकिने जानकारी गराउँछौँ । मैदानमा टिकट बुथ हुने छैन । तसर्थ निश्चित संख्यामा उपलब्ध हुने सेमिफाइनल खेलको टिकट आईएमई पेमार्फत काट्न अनुरोध छ । सम्पूर्ण दर्शकलाई नेपालको सेमिफाइनल खेल सकभर घरमै बसेर हेर्नु हुन हामी हार्दिक अनुरोध गर्दछौं,’ क्यानले भनेको छ ।

उक्त खेलमा क्यानले सबै किसिमका पासलाई पनि रोक लगाउने भएको छ । भिभिआईपी, भिआइपी लगायत सबै पास रोकिएको क्यानले जनाएको छ । क्यानले दर्शकको भिड बढी हुने हुँदा दर्शकको सिट क्षमता मात्रै ब्रिकी गर्ने भएको छ ।

भिड बढी हुने हुँदा मुलपानी क्रिकेट मैदानमा सुरक्षामा चुनौती हुनसक्ने अनुमान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्