विराटनगर । विराटनगर-४ कन्चनबारी पिपल चोकमा रहेको "ह्यापी आवर हेभेन" रेष्टुरेन्टले नेपाली क्रिकेट टिम विश्वकपमा छनोट भएको उपलक्ष्यमा २ दिन "हप्पी डे" बनाउने भएको छ ।
रेष्टुरेन्टले जितको खुसीयालीको लागि आज शुक्रबार र शनिबार विभिन्न अफर ल्याएको छ ।
रेष्टुरेन्टले क्रिकेट टिमको सपोर्टमा आफ्नो रेष्टुरेन्टमा नेपाली क्रिकेट टिमको जर्सी लगाएर आए १५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको संचालक सरोज लम्सालले बताए |
आज र भोलि रेष्टुरेन्ट पनि नेपाली क्रिकेट टिमको यो उपलब्धिमा क्रिकेटमय हुनुका साथै रेष्टुरेन्टमा लाईभ म्युजिक पनि हुने रेष्टुरेन्टले जनाएको छ।