कोशी प्रदेशमा एमाले सरकारबाट बाहिरियो

<span class='c1'>कोशी प्रदेशमा एमाले</span> <span class='c2'>सरकारबाट बाहिरियो</span>

विराटनगर । कोशी प्रदेशका मन्त्री रामबहादुर राना मगरले आज पदबाट राजीनामा दिएका छन् ।

उनले शनिबार बिहान मुख्यमन्त्री केदार कार्कीलाई राजीनामा बुझाएका हुन् ।

आज बिहान मुख्यमन्त्री केदार कार्की समक्ष राजिनामा बुझाएको मगरले जानकारी दिए । उनले भने," आज बिहान मुख्यमन्त्री ज्यु समक्ष राजिनामा बुझाएको हुँ ।"

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले एमालेको सहमति बेगर गठबन्धन दलहरू माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)बाट एक एक जना मन्त्री शुक्रबार नियुक्त गरेका थिए ।

आफूहरूको सहमति विपरीत सरकार विस्तार गरेको भन्दै एमालेले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाएको हो ।

राना गत असोज २७ गते मन्त्री नियुक्त भए थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्