मोरङको मिक्लाजुङमा रहेको निसेलुङ भ्युटावरको उद्घाटन भोली हुँदै

<span class='c1'>मोरङको मिक्लाजुङमा रहेको निसेलुङ</span> <span class='c2'>भ्युटावरको उद्घाटन भोली हुँदै</span>

विराटनगर । मोरङको मिक्लाजुङ–३ मा रहेको निसेलुङ भ्युटावरको र फनपार्कको भोली कार्तिक १९ गते आईतबार उद्घाटन गरिने भएको छ ।

मोरङ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य, युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले भ्युटावर र फनपार्कको उद्घाटन गर्ने कार्यक्रमतय भएको निसेलुङ पर्यटन एव प्रबद्र्धन समितिका अध्यक्ष खगेन्द्र मादेन लिम्बूले जानकारी दिए ।


उद्घाटन पश्चात गायिका सुनिता थेगिम लगायत कलाकारहरुको समेत प्रस्तुति रहने जनाइएको छ । भ्युटावर निर्माणमा राज्यको ८० लाख रुपैयाँ खर्च भएको छ ।


फनपार्कमा निजी स्तरबाट १ करोड बढी खर्च भएको फनपार्कका सञ्चालक इन्द्रमणि भट्टराईले जानकारी दिए ।

भ्युटावर भित्र नेपाल मै पहिलो पटक निर्माण गरिएको उल्टोघर, बाल उद्यान,भ्युटावर लगायत यहाँको आकर्षण रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्