टर्कीले इजराइलबाट आफ्नो राजदूतलाई फिर्ता बोलायो

<span class='c1'>टर्कीले इजराइलबाट आफ्नो</span> <span class='c2'>राजदूतलाई फिर्ता बोलायो</span>

टर्कीले गाजामा भएको रक्तपातको विरोधमा इजराइलबाट आफ्नो राजदूत फिर्ता बोलाएको छ । साथै उसले इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसँग सम्पर्कसमेत तोडेको छ । अङ्काराले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनको टर्की भ्रमण कठिन हुने वाचाको पूर्वसन्ध्यामा त्यस्तो निर्णय गरेको हो ।

प्यालेस्टिनी सहयोगी टर्कीले गत महिना इजराइल–हमास युद्ध सुरु हुँदासम्म इजराइलसँगको बिग्रिएको सम्बन्धलाई सुधार गर्दै आएको थियो । तर लडाइँ बढ्दै गएपछि प्यालेस्टिनी सर्वसाधारणको मृत्युको सङ्ख्या बढ्दै गएसँगै इजराइल र उसका पश्चिमी समर्थकहरू विशेषगरी अमेरिका दुवै विरुद्ध टर्कीको स्वर कडा भएको छ ।

“गाजामा सर्वसाधारणविरुद्ध इजराइलले गरेको लगातारको हमला र उसले युद्धविराम गर्न अस्वीकार गरेका कारण भएको मानवीय त्रासदीलाई ध्यानमा राख्दै राजदूत साकिर ओजकान टोरुलनरलाई परामर्शका लागि फिर्ता बोलाइएको छ”, टर्कीको विदेश मन्त्रालयले भनेको छ ।

टर्कीका राष्ट्रपति रेसेप तय्यप एर्दोगानले पत्रकारहरूसँगको छुट्टै कुराकानीमा आफूले गाजापट्टीमा सर्वसाधारणको मृत्युका लागि नेतान्याहुलाई व्यक्तिगतरूपमा जिम्मेबार ठहर गरेको बताउनुभयो । “नेतान्याहु अब हामीसँग कुरा गर्न सक्ने व्यक्ति रहनुभएन, हामीले उहाँलाई खारेज गरेका छौँ”, उहाँले भन्नुभयो ।

इजराइलले सुरक्षा सतर्कताका रूपमा यसअघि नै टर्की र अन्य क्षेत्रीय मुलुकहरूबाट सबै राजदूतहरूलाई फिर्ता बोलाएको थियो । इजराइली विदेश मन्त्रालयले गत साताको अन्त्यमा इजराइल–हमास युद्धका बारेमा टर्कीको बढ्दो तिखो वक्तव्यका कारण अङ्कारासँगको सम्बन्धलाई ‘पुनरमूल्याङ्कन’ गरिरहेको बताएको थियो ।

एर्दोगानले शनिबार दुवै पक्षबीच कूटनीतिक सम्पर्कलाई सम्पूर्णरूपमा तोड्ने जोखिम टर्कीले उठाउन नसक्ने बताउनुभयो । “कूटनीतिक सम्बन्धलाई सम्पूर्णरूपमा तोड्न सम्भव छैन, विशेषगरेर अन्तर्राष्ट्रिय कूटनीतिमा”, उहाँले भन्नुभयो । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्