नेपाल बैंक लिमिटेड बजारअड्डा शाखा र महेन्द्र मोरङ क्याम्पसबीच सम्झौता

<span class='c1'>नेपाल बैंक लिमिटेड बजारअड्डा शाखा</span> <span class='c2'>र महेन्द्र मोरङ क्याम्पसबीच सम्झौता</span>

विराटनगर । नेपाल बैंक लिमिटेड बजारअड्डा शाखा र महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरबीच बैकिङ्ग कारोबार गर्ने सम्झौता भएको छ।

आज भएको सम्झौतामा नेपाल बैंक लिमिटेड बजारअड्डा शाखाका शाखा प्रबन्धक प्रकाश घिमिरे र महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस प्रमुख डा रामवतार शरणले हस्ताक्षर गरेका थिए।

उक्त सम्झौता पश्चात बैंक र क्याम्पसको सम्बन्ध थप मजबुत हुने र बैंकले क्याम्पसलाई छिटो, छरितो र गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्ने प्रतिवद्धता प्रादेशिक कार्यालयका प्रमुख सुर्यप्रकाश भट्टले बताए ।

क्याम्पस प्रमुख शरणले दुई संस्थाको बीचमा सम्झौता भएकोमा खुशी व्यक्त गर्दै बैंकले वित्तीय सेवा बाहेक, क्याम्पसका व्यवस्थापन संकायका विद्यार्थीहरुलाई इन्टर्नसिपमा सहभागी गराउने लगायतका अन्य सिर्जनशिल कार्यमा क्याम्पसलाई सहयोग गर्नुपर्ने धारणा व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्