विराटनगर । कोशी प्रदेशसभालले यसअघि सरकारले ल्याएको बजेट सम्बन्धी अध्यादेश स्वीकृत गरेको छ ।
प्रदेशसभाको आज बसेको बैठकले ‘प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश’ र ‘आर्थिक बर्ष २०८०/८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम बिनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ स्वीकृत गरेको हो ।
यसअघि उक्त अध्यादेश अस्वीकृतको माग गर्दै सत्ता गठबन्धन दलमा आबद्ध सांसदहरुले प्रदेशसभा सचिवालयमा दर्ता गरेको सूचना सांसद नारायण बहादुर बुर्जा मगरले फिर्ता लिएका थिए । उक्त सूचना फिर्ता लिएसँगै अध्यादेश स्वीकृत भएको हो ।
यस्तै प्रदेशसभाको आजकै बैठकमा ‘प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ र ‘स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सभामा प्रस्तुत भएको छ ।