झापा । झापा जिल्लाको छुट्टा छुट्टै दुई स्थानमा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको छ ।
सोमबार दिउँसो साढे १ बजे झापाको दमक नगरपालिका- ३ स्थित खोल्सीमा निर्माण भईरहेको पुलमा काम गर्ने कामदार भोजपुर नगरपालिका- ११ का ४५ बर्षीय चंख बहादुर सार्कीलाई मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागि घाईते भएका थिए ।
घाईते भएको उनलाई उपचारको लागि अरनीको अस्पताल उर्लाबारी पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो भने झापाको कन्काई नगरपालिका- ३ स्थित घरमा टिनको छाना लगाउने क्रममा कन्काई- ६ का ३६ बर्षीय राम कुमार श्रेष्ठलाई रड बोक्दा अचानक रड बिजुलीको तारमा टच भई करेन्ट लागि घाईते भएकोमा उपचारको लागी बिर्तासिटि अस्पताल बिर्तामोड पठाएकोमा उनको मृत्यु भएको हो ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।